फिफा विश्वकप छनोटः नेपालको लज्जास्पद हार, जोर्डनसँग ३–० ले पराजित

असोज २९, काठमाडौँ । फिफा विश्वकप छनोट अन्तर्गत जारी दोस्रो चरणको खेलमा नेपालले जोर्डनसँग ३–० ले हार बेहोरेको छ ।   

जोर्डनको अम्मान रंगशालामा भएको खेलको पहिलो हाफमा जोर्डनलाई बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफको ५५ औं मिनेटमा नेपालका दिनेश राजवंशीले फल गरेपछि जोर्डनले पेनाल्टीमार्फत अग्रता दिलाएको थियो । पहिलो गोल जोर्डनकोतर्फबाट फेरहास जायदले गोल गरेका हुन् । 

खेलको ७८ औं मिनेटमा जोर्डनका तर्फबाट अहमेद अल इर्सानले गोल गर्दै जोर्डनका लागि दुई गोल बनाए ।   

null

खेलको ८७ औं मिनेटमा पुनः नेपालले अर्को गोल खायो । जोर्डनका फैसलले हेडमार्फत गोल गर्दे गोल अन्तर ३–० बनाए । फैसलले गरेको गोल नै निर्णायक गोल हुन पुग्यो भने नेपालले कुनै पनि गोल गर्न सकेन ।   

नेपालले पहिलो हाफसम्म खेल बराबारीमा रोक्न सके पनि दास्रो हाफको कमजोर प्रस्तुतीले भने नेपालले ३–० गोल अन्तरले हार बेहोर्नु पर्यो ।   

नेपालले पटक–पटक पाएको गोल हान्ने मौका समेत गुमाएको थियो । नेपालका गोलकिपर किरण चेम्जोङले भने जोर्डनको अधिकांश प्रहारलाई बचाउन सफल भएका थिए ।   

पहिलो हाफको अन्तिममा जोर्डनले नेपालको पोष्टमा आक्रमक रुपले गरेको प्रहारलाई समेत गोलकिपर चेम्जोङले निकै राम्ररी बचाउ गरे ।दोस्रो हाफको सुरुवातमा पनि जोर्डनले चार पटक प्रहार गरेको थियो ।   

नेपालका तर्फबाट भएका प्रहार जोर्डनले सहजै बचाउ गरेको थियो । खेलको ७५ औं मिनेटमा अञ्जन विष्टले डिबक्स बाहिरबाट गरेको प्रहारलाई जोर्डनका गोलकिपर अमिर साफीले बचाउन भ्याए ।   

तीनमा २ जित र एक बराबरी खेलेको जोर्डनले जितसँगै तीन खेलमा सात ‌अङ्क बनाएको छ ।   

चार खेलमा तीन हार र एक जित निकालेको नेपालको भने ३ अङ्क रहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *