सिरहाबाट प्रतिबन्धित लागूऔषध सहित दुई पक्राउ

असोज २९, सिरहा । बुधबार प्रहरीले सिरहामा प्रतिबन्धित लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । 

प्रहरीका अनुसार सिरहाको गोलबजार नगरपालिका वडा नं. ५ स्थित दुर्गा यादवको गोठ घर कुखुरा फारमबाट लागूऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरिएको हो । 

सिरहाको गोलबजार नगरपालिका वडा नं. ५ का २४ वर्षीय मुनेश कुमार सिंह र वडा नं. ६ दोहटियाका २८ वर्षीय हरिश चन्द्र महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

Image result for दुई पक्राउ

प्रहरीका अनुसार  पक्राउ परेका उनीहरुको साथबाट ४३० मिलिग्राम ब्राउन फेला पारिएको छ । हाल उनीहरुमाथी कारवाहीको लागि अघी बढाई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *