चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत, सीको सुरक्षार्थ रातभर सेनाको हवाई गस्ती, सी भन्छन्– भूपरिवेष्टितबाट भूजडित बन्न सघाउँछौँ

असोज २६, काठमाडौँ । राजधानी काठमाडौँबाट प्रकाशित हुने राष्ट्रिय दैनिक पत्रपत्रिकाहरु सबैले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको विषलाई प्राथमिकताका साथ फ्रन्ट पेजमा समाचार छापेका छन् ।   

आजको कान्तिपुर दैनिकमा चिनियाँ राष्ट्रपति सीले नेपालका लागि गरेको प्रतिबद्धता सम्बन्धि समाचार यसरी छापेको छ । चीनका राष्ट्रपति सी जिनपिङले नेपालको ‘भूपरिवेस्टित मुलुक’ बाट ‘भूजडित’ मुलुक बन्ने सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्  । 

नेपालको दुई दिने राजकीय भ्रमणमा शानिबार आएका सीले उनको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित राजकीय भोजमा सम्बोधन गर्दै उनले भने, ‘दुई मुलुकबीच बढीभन्दा बढी नाकाहरु खोली हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी सञ्जाल निर्माण गर्ने छौँ र भूपरिवेष्टित देशबाट भूजडित देश बन्ने नेपालको सपना साकार तुल्याउन मद्दत गर्ने छौँ ।’ नेपालले अपेक्षा गरेका बहुप्रतिक्षित हिमालय सीमापार रेलमार्गसहितका योजनामा चीनले हरसम्भव साथ सहयोग दिने बताउँदै सीले केरुङ–काठमाडौँ सुरुङमार्ग निर्माण अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे । उनले गरेका प्रतिबद्धताका बुँदा यस्ता छन् ।   

-नेपालले अपेक्षा गरेका बहुप्रतीक्षित हिमालय सीमापार रेलमार्गसहितका योजनामा हरसम्भव साथ–सहयोग रहनेछ ।   

-बढी नाकाहरु खोलेर बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्नेछौं । 

-केरुङ–काठमाडौँ सुरुङमार्गको परियोजनालाई अघि बढाउन हामी सक्रिय हुनेछौं ।   

-अरनिको राजमार्ग सञ्चालन सुनिश्चित बनाई विभिन्न चरणमा स्तरोन्नतिका लागि सहयोग गर्नेछौं ।   

-हाम्रो साझा हिमालय क्षेत्र रक्षा गर्न सदा तत्पर रहनेछौं । 

-हामीले बनाएका योजना पूरा गरेरै छाडौं, चीनमा पनि यस्तै गरेका छौं ।   

-चीन र नेपालको सम्बन्धमा समस्या छैन, मित्रता मात्रै छ । 

कन्तिपुर दैनिकले नै चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत र रातभर हेलिकप्टरबाट गस्ती शीर्षकमा समाचार छापेको छ । अन्य पत्रपत्रिकाहरुले पनि राष्ट्रपति सीको विषयमा फरफर हेडलाइनका साथ समाचार छापेको छ । पत्रपत्रिकाको फ्रन्टपेजका समाचार यस्ता छन्ः  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =