तिहारमा दिईने भाई मसला यस कारण महत्वपूर्ण

कार्तिक ७, काठमाडौँ । तिहारमा दिदी बहिनीले दाजुभाईलाई टिका लगाएपछी उपहार स्वरुप भाई मसला दिने प्रचलन छ ।  भाईटिकामा दिईने भाई मसला निकै महत्वपूर्ण हुन्छ ।   

भाई मसलामा शरिरलाई आवश्यक पोषण दिने काजु, बदाम, पेस्ता, मिश्री, किसमिस, ओखर, चकलेट, सुपारी, नरिवल, खजुर, मखना, कटुस लगायत पोषणयुक्त खाद्य सामग्री हुन्छ ।  

यी खाद्यान्नमा पर्याप्त मात्रामा शरिरलाई चाहिने भिटामिन पाईन्छ । पोषण विज्ञहरुका अनुसार नियमित रुपमा काजु बदाम,पेस्ता,ओखर जस्ता पोषणयुक्त खाद्यान्न खाएमा   शरिरमा  रोगसँग लड्ने क्षमता बढ्नुको साथै शारिरीक विकाशको लागि पनि अति उपयोगी हुन्छ । 

Image result for भाई मसला

यी मसलाहरु केही  स्वदेशमा नै उत्पादन हुने गर्दछन् भने केही भारत, चीन, बेलायत, इटाली, भियतनाम, युएई, इन्डोनेसिया, पाकिस्तान, कतार, थाइल्यान्ड, अमेरिका जस्ता देशबाट निर्यात हुने गर्दछ  । 

ओखरः 

तिहारमा ओखरको प्रयोग धेरै हुन्छ । ओखर स्वास्थ्यको लागि पनि लाभदायिक मानिन्छ । ओमेगा ३ एसेसियल फ्याटी एसिडका लागि ओखर उपयुक्त स्रोत हो । ओखरमा एन्टी अक्सिडेन्ट नामक तत्व हुन्छ जसले कपाल तथा छालासम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै बढ्दो उमेरमा हुने चाउरीपनाबाट छुटकारा पाउन सकिन्छ । त्यस्तै ओखरमा पाइने फाइबरले पाचनक्रियालाई बलियो बनाउँछ ।  

किसमिसः 

अंगुरलाई सुकाएर बनाइने किसमिस मानव स्वास्थ्यको लागि धेरै नै फाइदाजनक मानिन्छ । किसमिसलाई आइरनको राम्रो स्रोत मानिन्छ । यो रक्तअल्पता एवं कब्जियत हटाउन सहयोगी हुन्छ । किसमिसमा रहेको आइरन, पोटासियम, क्याल्सियम, म्याग्नेसियम तथा अधिक मात्रामा फाबर हुने गर्दछ । किसमिसमा पाइने यी तत्वले मुटुरोगीका लागि निकै उपयोयी मानिन्छ । त्यस्तै कोलस्टोर घटाउन छालामा चमक ल्याउन पनि निकै राम्रो मानिन्छ ।  

बदाम: 

भाई मसलामा बदाम पनि नभई नहुने खाद्यपदार्थ हो । बदाम पनि स्वास्थ्यका लागि निकै फाइदाजनक रुपमा लिइन्छ । बदाम वनस्पतिक प्रोटिनको भरपुर श्रोत पनि हो । बदामको सेवनले रक्तकोष तथा हेमोग्लोबिनको विकासमा सहयोगी हुन्छन् । 

काजुः 

काजुमा ओलिक एसिड हुन्छ, जसले मुटुलाई स्वस्थ र बलियो राख्छ । यसका अतिरिक्त काजुमा पाइने विभिनन तत्वले मुटुका मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छन् । त्यस्तै काजुको सेवनले शरीरमा इन्सुलिनको मात्रा बढाउँछ जसले गर्दा डायबेटिज नियन्त्रित अवस्थामा रहन्छ । 

काजुमा पाइने कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर आदिले हड्डी, दाँत आदिलाइ बलियो बनाउनुका साथै शरीरका सबै प्रणालीलाई चुस्त राख्न सहयोग पुर्याउँछन् ।नियमति बदाम खानाले खानापछि बढ्ने सुगर (मधुमेह) को मात्रामा कमी आउँछ ।  

पेस्ता: 

पेस्ता पनि मसलामा दिइन्छ । शरीरको लागि निकै फाइदाजनक हुन्छ । पेस्तामा भिटामिन ई पाइन्छ । यसले छालालाई युभी ड्यामेजबाट सुरक्षा प्रदान गर्नुका साथै छालाको क्यान्सर तथा उमेरअघि नै देखिने चाउरीपनमा राहत दिन्छ । पेस्ताले कोरोनरी आर्टरी रोग र हृदयघातबाट बचाउँछ । सन्तुलित रक्त संचालनका लागि समेत पेस्ता उपयोगी मानिन्छ । यसमा मानव स्वास्थ्यका लागि आवश्यक फाइबर पनि हुन्छ । पेस्ताको नियमित सेवनले मस्तिष्क तेज हुनुका साथै रोगप्रतिरोधात्मक क्षमताको विकास हुन्छ ।  

नरिवलः 

। नरिबल स्वास्थ्यका दृष्टिले अति उपयोगी फल हो । ढिलो गरी पाचन हुने, मूत्राशय शोधक, ग्राही, पुष्टिकारक, बलवर्धक, रक्तविकार नाशक, दाह शामक र वातपित्त नाशकको रुपमा नरिबललाई लिइन्छ । त्यस्तै नरिवलमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’ सँगै प्रोटिन, क्याल्सियम र फलाम पाइन्छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *