प्रतिबन्धित भारतीय रकम सहित एक पक्राउ

असोज २८, मोरङ । प्रहरीले मंगलबार मोरङको विराटनगर १५ रानीबाट प्रतिबन्धित भारतिय रकम सहित एक भारतिय युवालाई पक्राउ गरेको छ । 

प्रतिबन्धित रकम दुई लाख रुपैयासहित भारतिय युवा आशुतोष सोनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

मोरङका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक राजकुमार खिउँजुका अनुसार विराटनगरबाट काठमाडौं जाँदै गरेका सोनीलाई शंका लागेर चेकजाँच गर्दा पाँच सय दरका नोट २ लाख रकम फेला पारिएको हो ।   

Image result for भारतिय रकम

पक्राउ परेका सोनी भारतको बनारसस्थित जेजे प्लाष्टिक उद्योगमा कार्यरत छन् भने उनले उक्त रकम बाटो खर्चका लागि बोकेको बताएका छन्। 

प्रहरीका अनुसार हाल उनलाई कारवाहीको लागि  राजश्व अनुसन्धान कार्यालय इटहरीमा पठाईएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *