मौसमः आज दिउँसो केही स्थानमा पानी पर्ने
२०७६ कार्तिक ३ गते

कात्तिक ३, काठमाडौँ । पश्चिमबाट आएको पश्चिमी वायुले नेपालको मौसममा आंशिक प्रभाब देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशैभरि सामान्य देखि पूर्ण बदली रहेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आज राति भने देशभर सामान्य बदली रही मध्य, पूर्व र पश्चिमका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
सोमबार दिउँसो मध्य तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भागमा आंशिक बदली रहने तथा मध्य र पूर्वी पहाडका एकदुई स्थानमा क्षणिक वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
null
सोमबार राति पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । देशको पहाडी भू–भागका एकदुई स्थानहरूमा क्षणिक वर्षाको सम्भावना छ ।
२०७६ कार्तिक ३ गते
प्रतिक्रिया
सम्बन्धित








