फ्रेञ्च लिग वानः फराकिलो गोल अन्तर ४–१ ले निसलाई हराउँदै पीएसजी विजयी
२०७६ कार्तिक २ गते

कात्तिक २, काठमडौँ । फ्रेञ्च लिग वान अन्तर्गतको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले निसलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ ।
पीएसजीले निसाविरुद्ध ४–१ गोल अन्तरले जित हात पारेको हो । पीएसजीका लागि एञ्जल डी मारियाले दुई गोल गरे । खेलको १५ औँ मिनेटमा मारियाले पहिलो गोल गरे भने त्यसपछि २१ औं मिनेटमा पुनः गोल गर्दै पीएसजीलाई दुई–शून्य ले अग्रता दिलाएका थिए ।
पहिलो हाफमा दुई गोलको अग्रता बनाएको पीएसजीविरुद्ध ६७ औं मिनेटमा निसले एक गोल फर्काए पनि पुनः गोल गर्न नसक्दा हार बेहोर्नु पर्यो । निसका लागि गानागोले गोल गरेका थिए ।
null
खेलको ८८ औं मिनेटमा केलियन एम्बाप्पेले र ९० औं मिनेटमा इकार्डीले गोल गर्दै चार पीएसजीका लागि ४ गोल बनाए । इकार्डीले गरेको गोल उक्त खेलको निर्णायक गोल बन्न पुग्यो भने निसले ४ गोलखाँदै हार बेहोर्नु पर्यो ।
२०७६ कार्तिक २ गते
प्रतिक्रिया
सम्बन्धित








