‘न्हुँ दँया भिंतुनामा’ ६ जना सम्मानित

कात्तिक ११, विराटनगर । नेपाल सम्वत ११४० (न्हुँ दँया भिंतुना) को अवसर पारेर झिःपुच विराटनगरले ६ जनालाई सम्मान गरेको छ । सोमबार एक समारोहको बिच विभिन्न क्षेत्रका ६ जनालाई सम्मान गरेको हो ।   

झि पुचः ले जेष्ठ नागरिक (थकाली) बाट विराटनगरका ८२ वर्षिय नारायण बहादुर श्रेष्ठ र ९नाकी० सम्मानबाट विराटनगरकै ८६ वर्षिय सावित्री देवी तुलाधरलाई सम्मान गर्यो । पत्रकारीताको क्षेत्रबाट अनिल श्रेष्ठ, साहित्यकारको क्षेत्रबाट सरिता तुलाधर र मिस नेवा कोशीका बिजेता रस्मिता उदासलाई सम्मान गरियो । कार्यक्रमको प्रमुख अतिथि युद्धप्रसाद वैद्यले सम्मानित भएकाहरूलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे । सोही अवसरमा संस्कृतिविद् युद्धप्रसाद वैद्य पनि सम्मानित भए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वैद्यले भाषा र संस्कृतिको लोप हुँदै गएकोले यसको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिए । पहिचानको समस्या रहेको बताउँदै उनले आफ्नो पहिचानको लागि एक जुट भएर लाग्नुपर्ने बताए । ‘हाम्रो पुर्खाले ल्याएको भाषा र सँस्कृतिको रूपान्तरण हुन नसक्दा लोप हुँदै गएको छ,’ उनले भने, ‘आफ्नो भाषा, संस्कृतिलाई जीवित राख्न पुस्ता हस्तान्तरण हुन जरुरी छ ।’ संस्कृतिमा घुषपैठ बढेकोले यस्तो प्रवृति तत्काल रोक्नुपर्ने उनले बताए । 

कार्यक्रममा थलाकीको तर्फबाट नारायण श्रेष्ठ, संरक्षकको तर्फबाट नारायण श्रेष्ठ र नवनिर्वाचित अध्यक्ष जयन्त प्रधानाङ्ग लगायतले बोलेका थिए । कार्यक्रम अगाडी विराटनगरमा मोटसाइकल र्याली निकालियो । र्यालीमा झिः पुचका पदाधिकारी, नेवार समुदायका किशोर किशोरीहरू आफ्नो जातिय पहिरनमा सहभागी भए ।   

१५ लाखको अक्षयकोषको घोषणा   

सोहि अवसरमा झि पुचः विराटनगरका पूर्व अध्यक्ष तथा संरक्षक सुदर्शन बहादुर श्रेष्ठले १५ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । नेपाली भाषा संस्कृतिमा योगदान पु¥याउने उद्देश्यले श्रेष्ठले अक्षयकोष स्थापना गरिएको हो । श्रेष्ठले स्थापना गरेको कोषबाट आएको ब्याजले २÷२ वर्षमा नेपाली भाषा संस्कृतिमा योगदान पु¥याउने १ जनालाई नगद २ लाख राशीको पुरस्कार प्रदान गरिने भएको छ ।   

सोही अवसमार नाकी सावित्री देवी तुलाधरले पनि २ लाख ५१ हजार रुपैयाँ झि पुचः लाई सहयोग प्रदान गरेकी थिइन् ।   

नयाँ नेतृत्वको पदस्थापन   

झि पुचः विराटनगरको २६ औं वार्षिक साधरणसभाबाट नयाँ नेतृत्व चयन भएका पदाधिकारीहरूको पनि पदस्थापन गरिएको छ । निर्वाचित भएका १७ जना नयाँ कार्यसमतिले सोमबार प्रमाण पत्र ग्रहण गरेर पदस्थापन गरे । साधारणसभाबाट अध्यक्षमा जयन्त प्रधानाङ्ग, वरिष्ठ उपाध्यक्षमा हरिबहादुर श्रेष्ठ, उपाध्यक्षमा भविषकुमार श्रेष्ठ, महासचिबमा शरद श्रेष्ठ, कोषाध्यक्षमा सागरराज जोशी, सह–कोषाध्यक्षमा सुभाष आमात्य, सचिबमा सुरेश लाल श्रेष्ठ सर्वसम्मत भएका थिए । यस्तै सदस्यहरूमा उदयबहादुर डंगोल, हरिमोहन श्रेष्ठ, सुरज श्रेष्ठ, रामकुमार श्रेष्ठ, सन्जु शाक्य, रन्जना अमात्य, संजयकुमार श्रेष्ठ, सम्झना प्रधान, युनेशराज श्रेष्ठ र मिरा कुमारी राजभण्डारी छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *