बीरगञ्जबाट लुटपाटको आरोपमा ५ पक्राउ

असोज १४, बीरगञ्ज । पर्सा प्रहरीले लुटपाटकाे  आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।   

प्रहरीका अनुसार पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ हरपुर बस्ने १६ वर्षीय अरुण मल्ली, १५ वर्षीय भोला मल्ली, ४० वर्षीय घुरिल मल्ली, २५ वर्षीय सन्नी राम र भारत बिहार वेतिया घर बताउने २६ बर्षिय अजय राम रहेको छ ।   

पक्राउ परेका यी ५ जनालाई जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ हरपुर बस्ने १५ वर्षीय कन्हैयालाललाई लुटपाट गरेको आरोपमा बीरगञ्जबाट नियन्त्रणमा लिर्ईएको प्रहरीले जनाएकाे छ ।  

Image result for पक्राउ

प्रहरीका अनुसार पक्राउ परेका उनीहरुलाई कारवाहीको लागि अघी बढाई अनुसन्धान भईरहेको छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *