अझै पोलियो उन्मुलन भएको छैन– विराट मेडिकल केलेजका सहायक प्रा.डा.सीबी झासँगको अन्तर्वार्ता (भिडियोसहित)

कात्तिक ८, विराटनगर । विश्व पोलियो दिवस, बिहीबार नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरि मनाइयो । हरेक वर्षको अक्टोवर २४ तारिखका दिन पोलियो दिवस विश्वभर मनाइन्छ ।   

सन् २०१० को अगस्ट १० मा नै नेपाल पोलियोमुक्त राष्ट्र घोषित भईसकेको छ । तर अझै पनि पोलियो उन्मुलन भने भइनसकेको विराट मेडिकल केलेज टिचिङ हस्पिटलका सह–प्राध्यापक डा.सीबी झाले बताए ।   

सह-प्राध्यापक डा.झाका अनुसार पोलियो नेपालमा मात्र नभएर विश्वका धेरै देशमा उन्मुलन हुन बाँकी छ । यसको निर्मुलीकरणका लागि राज्यकोतर्फबाट पोलियो रोग सम्बन्धी जनचेतना फैलाउन जरुरी रहेको उनको भनाई छ ।   

पोलियो भाइरस यदि आफ्नो सन्तानमा देखा परेको छ भने रोकथाका लागि बेलैमा सजगता अपनाउनु पर्ने साथै खानामा पनि ध्यान दिनु पर्ने उनको सुझाव छ । धेरै जसो पोलियो भाइरसले नसालाई असर गर्ने र मयमा नै यसको खोप लगाएमा न्युनिकरण हुने पनि प्राध्यापक डा।झा बताउँछन् ।   

‘सरकारले पोलियो रोग सम्बन्धी खोप निशुल्का प्रदान गर्दै आएको छ । जुन नवजात शिशुलाई जन्मेको ६ हप्ता, १० हप्ता र १४ हप्तामा दिइन्छ । यो स्वास्थ्य संस्थामा सजिलै उपलब्ध हुन्छ’ प्राध्यापक डा.झाले भने ।   

पोलियो कस्तो रोग हो ? यसका लक्षणहरु कस्ता हुन्छन् र यसबाट बँच्न के गर्नु पर्ला ? साथै रोकथाम लगायतका विषयमा रहेर विराट मेडिकल टिचिङ हस्पिटलका सह–प्राध्यापक डा.सीबी झासँग मकालु खबरले गरेको भिडियो अन्तर्वार्ता। 

भिडियो अन्तर्वार्ता यहाँ हेर्नुहोस् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *