महराको सभामुख पद खुस्काउने रोशनी भन्छिन्– सोधपुछमा प्रहरीले टर्चर दिए

असोज १५, काठमाडौं । बलात्कारको आरोप लगाएर कृष्णबहादुर महराको सभामुख पद खुस्काउने संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले सोधपुछमा प्रहरीले आफूलाई टर्चर दिएको बताएकी छिन् ।   

आरोप लगाएको २४ घण्टा नबित्दै मिडियामा आएका सभामुखमाथिको आरोप सबै झुटो भएको भन्दै बयान फेरेकी रोशनीले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै सोधपुछका लागि आएका प्रहरीले आफूलाई मानसिक टर्चर र दबाब दिएको दाबी गरेकी हुन् ।   

मंगलबार बिहान ७ बजेतिर सिभिल ड्रेसमा एक जना महिला र अर्को एक जना पुरुष आफ्नो सेक्युरिटिका लागि आएको र उनीहरुलाई कोठाभित्र लगेको करिब १०–१५ मिनेटपछि थप ६ जना सिभिल ड्रेसमा पसेर जबरजस्ती सोधपुछ थालेको उनको आरोप छ ।   

उनले ११ घण्टाअघि फेसबुकमा लेखेकी छिन्, ‘उहाँहरु सबै पुलिस फोर्सका सरहरु हुनु हुन्थ्यो । म एक्लै भएको बेला त्यसरी मेरो कोठामा आएर सभामुखको बारेमा सोधपुछ गर्न लाग्नु भयो । आइतबार साँझ के–के भयो भनेर पटक–पटक मलाई मेन्टल्ली टर्चर र दबाब तरिकाले सोधपुछ गरियो ।’ 

आफ्नो श्रीमान् आएपछि चौकिमै आएर बयान दिउँला भन्दा पनि प्रहरीले सबै कोठा निरिक्षण गरेको उनले फेसबुकमा प्रष्ट पारेकी छिन् । उनले लेखेकी छिन्, ‘सबै कोठाहरुको निरिक्षण गर्नुभयो जुन आवश्यक नै थिएन । यसरी पटक पटक मलाई दबाब दिएर अलि धम्काएको जस्तो गरि चार किल्ला घटना भएको ठाउँको मुचुल्का बनाउनुभयो । एउटा उच्च ओहोदाका  प्रहरी ज्यु हरुले मानसिक रुपमा टर्चर दिनुपर्ने नै थिएन ।’ 

बाटोमा पनि दुई चार जना वरिपरि लुकेर बस्ने गरेको भन्दै उनले त्यतिसारो पहरा राख्नुपर्ने आवश्यकता नभएको बताएकी छिन् । ‘न हामी चोर हौँ, न त लुटेरा । हामी हाम्रो स्वतन्त्र रुपले हिँड्न पनि नपाउने ? के त्यस्तो गरेका छौँ र ? प्रहरी प्रशासनलाई मेरो आग्रह छ, अब आइन्दा मेरो कोठामा आउने मेरो घरभेटिलाई पटक पटक दुःख दिने, सोधपुछ गर्ने काम नगरौँ । मैँले जाहेरि दिन मन लागे दिउँला नत्र नदिउँला’, उनले फेसबुकमा लेखेकी छिन् ।   

महराको राजीनामा पछि भने अहिले रोशनी स्वयम् महराको बचाउमा लागि परेकी छिन् । उनले खराब आचरणबारे लेखिएका समाचारहरु शेयर गर्दै दुनियाँलाई के चासो भन्दै प्रश्न समेत गरेकी छिन् । आफूलाई बाध्य पारेर यस्तो बोल्न लगाइएको रोशनीको दाबी छ ।   

शाहीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका संसदीय सदलका उपनेता सुवासचन्द्र नेम्वाङले मिडियामा बोलेका समाचार शेयर गर्दै उनलाई समेत कारवाही गर्न माग गरेकी छिन् ।   

नेम्वाङले महराले राजीनामा दिएपछि केही मिडियामा अब संसदले महरालाई नचिन्ने बताएका थिए । उनले राजीनामा दिएपछि सांसद पद पनि स्वतः निलम्बन हुने बताएका थिए । 

उनले नेम्वाङको समाचार शेयर गर्दै फेसबुकमा लेखेकी छिन्, ‘बहुविवाह गर्ने उपनेतालाई पनि कारबाही हुनुपर्छ । न्याय दुवैलाई समान हुनुपर्छ ।’ 

  

महराकाे बचाउमा लेखिएका उनका स्टाटसहरूः 

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *