इँट्टाभट्टा नरशंहारका नाइके आलमका पक्षमा २३ वकिल, पीडित परिवार त्रासमा, हचुवाकै भरमा कर्मचारी थप्ने प्रपञ्च

कात्तिक ४,काठमाडौँ । राजधानी दैनिकबाट पकाशित हुने रास्ट्रिय दैनिक पत्रपत्रिकाहरुले आज आफ्नो फ्रन्ट पेजमा फरक फरक विषयलाई मुख्य समाचार बनाएको ।   

यसै क्रममा आजको नयाँ पत्रिका दैनिकमा फौजदारी अभियोगमा पक्राउ परेका सांसद अफतव लालमको समाचार छापेको छ । नयाँ पत्रिकाले इट्टा भट्टा नरशंहारका नाइके रौतहट जिल्ला अदालतमा, २३ वकिल पक्षमा तर पनि आलम थुनामा शीर्षका समाचार छापिएको छ ।   

यहि विषयको समाचारलाई कान्तिपुर दैनिकले पीडित परिवार आलमको त्रासमा शीर्षकमा समाचार छापेको छ।  आजका गोरखापत्र दैनिकले नागढुंगा मुंग्लिंग सडक ५ लेनको बन्दै शीर्षकमा समाचार छापेको छ ।   

त्यस्तै आजको नागरिक दैनिकले चितवनमा किसानले लगाएको गरिमा जातको धान नफलेको विषयलाई सरकारकै सिफारिसले किसानलाई धोका शीर्षकमा समाचार छापेको छ ।   

त्यसैगरी राजधानी दैनिकले लेखेको छ हचुवाकै भरमा कर्मचारी थप्ने प्रपञ्च शीर्षकमा समाचार ।   

अन्नपूर्ण पोस्टले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषणलाई आफ्नो फ्रन्ट पेजको मूख्य समाचार बनाएको छ । अन्नपूर्णले सोभियतजस्तो टेकोमा छैनौँ हामी शीर्षकमा समाचार छापेको छ ।   

आजका पत्रपत्रिकाको फ्रन्ट पेजमा छापिएको समाचर यस्तो छ ।   

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *