राष्ट्रपति भण्डारी म्यानमारबाट जापान जाँदै
२०७६ कार्तिक ३ गते

कात्तिक ३, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको राजकीय भ्रमण पूरा गरी आइतबार बिहान जापान प्रस्थान गर्दै छिन् ।
थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल राति जापान पुग्नेछ । जापानी सम्राट् नोरुहितोको राज्याभिषेकमा सहभागी भई नेपाली प्रतिनिधिमण्डल कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।
२०७६ कार्तिक ३ गते
प्रतिक्रिया
सम्बन्धित








