अवैधरुपमा नेपाल भित्रिदै गरेका पटका प्रहरीको नियन्त्रणमा

कात्तिक, ७ विराटनगर । भारतबाट अवैधरुपमा भित्रिदै गरेका पटका सिमा प्रहरी चौकी डोरीयाबाट खटिएका प्रहरी टोलीले बरामद गरेका छन् ।  बुधबार बेलुका मोरङ रतुवामाई नगरपालिका २ स्थित मुस्लिम बस्ती हुँदै अवैधरुपमा नेपाल ल्याइदै गरेका १९ बण्डल पटका  डोरीया प्रहरी चौकीले बरामद गरेको हो ।   

बरामद गरिएको पटकाहरुमा किङ कोब्रा नागीन ६ बण्डल, चक्कर डिलक्स १३ बण्डल, लावर डिलक्स ३ वण्डल रहेका छन् । ती पटकाको बजार मुल्य १२ हजार ५ सय बराबर रहेको मोरङका प्रहरी प्रवक्ता राजकुमार खिउजुले जानकारी दिए ।   

त्यस्तै गरी प्रहरीले मोरङको जहदा १ स्थित तारिगामा चौकमा भारतबाट नेपालतर्फ भित्राउदै गरेको पटका पनि बरामद गरेको छ ।   

प्रहरीका अनुसार नागिन, कोब्रा, चकलेट बम, फुलझरी लगायतका पटका ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो । बरामद गरिएको पटका करिब २० हजार बराबरको रहेको प्रवक्ता खिउिजुले बताए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *