‘घरजम’ मुलधार भन्दा फरक तर, प्राविधिक रुपमा कमजोर चलचित्र

देशभरीका हलहरुमा प्रदर्शनमा आउनुपुर्व नै चलचित्र ‘घरजम’ले आम दर्शकहरुको मन केही हदसम्म जित्न सफल भएको पाइएपनि प्राविधिक रुपमा कमजोर देखिएको छ । 

मौसम ईम्बुङ लिम्बुद्वारा निर्देशित, थिएटर, गीतसंगित तथा समाज सेवामा रहेका कलाकारहरुले भरिएको ‘घरजम’ लिम्बु समुदायको संस्कृति र परम्पराको समृश्रणबाट तयार पारिएको हो । 

‘घरजम’मा सिता कुमारी तुम्वापो, बुद्धी तामाङ, सृजना सुब्बा, यासेली योङहाङ, रबि शेर्मा, हेमराज आङछाङवो, किशोर कुमार लिम्बु, सैलेन्द्र थेवे, ईसिका जवेगु, जीवन भट्टराई, बबिता फोम्वो, लक्ष्मी योङहाङ, कुशल थलङ, शुष्मा सुब्बा लगायतको अभिनय छ । ‘घरजम’ मुलधारमा बन्ने फिल्म भन्दा फरक र मौलिक रहेको छ । 

‘घरजम’ कुनै ब्यक्तिको कथा वरीपरी घुमेको छैन । चलचित्रमा नेपाली लिम्बु समुदायको कथालाई नेपाली शैलीमै प्रस्तुत गरिएको छ ।   

लिम्बु समुदायको संस्कृतिलाई आधार बनाएर निर्माण गरिएको चलचित्रले मौलिकता मात्र बोकेको छैन । ‘नेपाली चलचित्र कस्तो हुनुपर्छ’ भन्ने वहस चलिरहेको बेला हाम्रै गाउँघरमा रहेका परम्परा, संस्कार संस्कृतिलाई पनि पर्दामा उतार्न सकिन्छ भन्ने नजिर स्थापित गर्दछ ।   

‘घरजम’ले नेपाली मौलिक चलचित्रमा एउटा नयाँ इट्टा थप्ने काम गरेको चलचित्र हेरीसकेपछिको समिक्षा बैठकमा समिक्षकहरुले समेत बताएका छन ।   

बरिष्ठ रंगकर्मी सुवास थापाले चलचित्र बनाउँदा सबै समुदायको लागी बनाउनु पर्ने सुझाव दिए । उनले ‘घरजम’मा कलाकारले चरित्रलाई न्याय गर्न कन्जुस्याई गरेको बताएपनि मौलिक कथावस्तु प्रयोग गरेको भन्दै प्रशंशा ब्यक्त गरे । पत्रकार तथा प्राध्यापक राजेश बिद्रोहीले अरुको नक्कल गरी हाम्रा चलचित्र चलेकाले चलचित्र प्रस्तुत गर्ने शैलीमा सुधार ल्याउनु पर्ने बताए । उनले नेपाली समाजमा छरिएर रहेका कथाबस्तुहरु चलचित्रमा ल्याउन सुझाव दिए ।   

राजनैतिक विष्लेशक पत्रकार भवानी बरालले चलचित्र सञ्चारको सशक्त बिधा भएकोले शिक्षा र सन्देश हुनु जरुरी रहेको बताए । नेपाली चलचित्रलाई अन्र्तरािष्ट्रयकरण गर्न पनि निर्माण टीमलाई सुझाव दिए ।   

प्राध्यापक डा. टंक न्यौपानेले ‘घरजम’ जस्ता चलचित्रहरुले अन्र्तराष्ट्रिय बजार पाउनुपर्ने बताए । उनले निर्माण टीमलाई चलचित्रको प्राविधिक पक्षमा ध्यान दिन आग्रह गरे । न्यौपानेले चलचित्रको बारेमा राजनीतिक बिषयबस्तु अनावश्यक रुपमा आएको प्रति सचेत गराए । उनले ‘घरजम’को संवाद र दृश्यलाई बढि संबेदनशिल भएर हेर्न आग्रह गरे ।   

समिक्षा कार्यक्रममा नायक, निर्माता तथा निर्देशक प्रेम सुब्बा, लिम्बु भाषा चलचित्रका प्रथम नायक नर प्रसाद लिम्बु, निर्माता तथा चलचित्र वितरक किशोर सम्वाहाम्फे लागायतले ‘घरजम’ निर्माण टीमलाई विभिन्न सल्लाह सुझाव दिए । 

‘घरजम’ हेर्न धरानको गणेश टाकिज हलमा पुगेका सर्बसाधारण दर्शकहरुले सकारात्मक प्रतिकृया दिए । कतिले चलचित्रको प्रचार प्रसार नभएको भन्दै आम जनमानसमा लैजानुपर्ने बताए । चलचित्र हेर्ने दर्शकले पनि प्राबिधिक पक्ष कमजोर रहेको औंल्याए । 

लेखक तथा कलाकार उपेन्द्र सुब्बाले लेखेको ‘घरजम’को कथा लिम्बु जातीको परिवेश झल्कने छ । कथामा सामाजिक मनोविज्ञान, सामाजिक व्यवहार र सम्बन्धहरुले निम्त्याउने परिस्थितिहरुलाई उजागर गरिएको छ ।   

अभिनयको हिसाबले नयाँ कलाकारको अभिनय औषत छ । विशेषतः लिम्बू भाषा र संस्कार–संस्कृतिलाई आधार मानेर चलचित्र लेखन तथा निर्देशन गर्दै आएका मौसम लिम्बुले यसअघि लिम्बू भाषामा बनेका माँसेली, निङवासो, हिङमन, सिङजङगो फुङनाम, चेसुङ, नेपाली भाषामा बनेका बिछोड, छिमेकी लगायतका चलचित्र तथा म्यूजिक भिडियोहरु निर्देशन गरिसकेका छन् ।   

मोफसलमा बसेर आफनो पहिचान स्थापित गर्न सफल लिम्बुबाट नेपाली चलचित्रले  आशा गर्न सक्छ । उनी संभावना भएका निर्देशक हुन् ।   

‘घरजम’को छायांकन पूर्वको पाँचथर र ताप्लेजुङका रमणीय गाउँहरुमा गरिएको छ । चलचित्रमा रंजित गजमेर, कुशल थलङ, खगेन्द्र पन्धाक लिम्बु र तारा प्रकाश लिम्बुको संगीत रहेको छ । चलचित्रमा उदित नारायण झा, मेलीना राई, कुशल थलङ लिम्बु, मिलन नेवार र प्रबिशा अधिकारीको स्वर छ ।   

 रोमियो फिल्म प्रा.लिको ब्यानरमा तयार भएको चलचित्रको निर्मातामा किशोर कुमार लिम्बु र सीता कुमारी तुम्वापो रहेका छन् ।  चलचित्रमा युवराज राई (बीरबहादुर)को छायाङकन, जीवन थापाको सम्पादन, दिनेश माङमुको नृत्य निर्देशन, सैलेन्द्र थेवेको कला निर्देशन रहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *