विराट राजवंशी उत्थान समाजको दिपावलीको शुभकामना

कात्तिक ५, विराटनगर । विराट राजवंशी उत्थान समाजको आयोजनामा सुकरात  (दिपावली) को  शुभकामना आदानप्रदान साथै सांस्कृतीक कार्यक्रम सम्पन्न भएको छ ।  मंगलबार विराटनगरमा राजवंशी उत्थान समितीका केन्द्रिय अध्यक्ष भुवनेश्वर मण्डलको अध्यक्षतामा भेषभुषा, भाषा, संस्कृतीको जर्गेना गर भन्ने मुल नाराको साथ कार्यक्रम सम्पन्न भएको हो ।   

कार्यक्रमको उद्घाटन प्रदेश प्रमुख प्रा. डा. गोबिन्द बहादुर तुम्बाहाङले  गरेका थिए । कार्यक्रममा राजवंशीको मौलिक  परिकार वगिया, परम्परा अनुसार दिपावलीमा पुजा गर्ने सामाग्रीहरुको स्टल राखिएको थियो ।   

कार्यक्रममा राजवंशी युवायुवतीहरुको मौलिक नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रमा बोल्दै आयोजक संस्थाका केन्द्रिय अध्यक्ष भुवनेश्वर मण्डले राजवंशी जातीको संस्कार, संस्कृतीको विषयमा अन्य समुदायलाई पनि जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताए ।   

उनले आज सम्म राज्यले विराट राजवंशीलाई आदिवासीको सूचीमा नराखेको र चासो नदिएको बताए । प्रदेश प्रमुख गोविन्द बहादुर तुम्बाहाङले विराट राजवंशीलाई आनो पहिचानको हकहित प्राप्तीका निम्ति गाँउपालीका, महानगरपालीका साथै प्रदेश सरकारको साथ रहने प्रतिवद्धता जनाए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *