विश्वकप छनोटमा अस्ट्रेलियाविरुद्ध खेल्न नेपाली ३१ सदस्यीय टिम

असोज १४, काठमाडौँ । सन् २०२२ को कतार विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियासँग खेल्नका लागि २३ सदस्यीय नेपाली टिमको घोषणा भएको छ । 

अखिल नेपाल फुटबल संघले गरेको घोषणामा गोलकिपरतर्फ किरण चेम्जोङ, विशाल श्रेष्ठ र विकेश कुथु छन्। सरोज दाहाल, अजित भन्डारी, दिनेश राजबंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्यालले नेपालको डिफेन्स समाल्ने भएका छन् । 

मिडफिल्डरका रुपमा सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई र रोहित चन्दलाई समावेश गरिएको छ। नवयुग श्रेष्ठ, अभिसेक रिजाल र विमल घर्तिमगरले नेपालको अग्रपंक्ति समाल्नेछन्। 

फाइल तस्बिर।

खेल क्यानबेरामा असोज २३ गते (१० अक्टोबर) नेपाली समय अनुसार दिउँसो सवा २ बजे (अस्ट्रेलियाको समय अनुसार राति साढे ७ बजे) बाट सुरु हुनेछ ।   

समूह बी रहेको नेपालले आफ्नो तेस्रो खेल अस्ट्रेलियासँग खेल्न लागेको हो । नेपालले अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेईसँग प्रतिस्पर्धा गर्नेछन् । नेपालले छनोटको पहिलो खेलमा कुवेतसँग ७–० गोलको लज्जास्पद हार व्यर्होनु परेको थियो भने दोस्रो खेलमा नेपालले ताइपेइलाई २–० गोलले पराजित गरेको थियो । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *