अवैध बोइलर कुखुरा प्रहरीको नियन्त्रणमा

कात्तिक, ७ विराटनगर ।  भारतबाट नेपाल तर्फ अवैध रुपमा भित्रिदै गरेको बोईलर कुखुरा सिमा प्रहरी चौकी पोखरीयाबाट खटिएको प्रहरी टोलीले बरामद गरेका छन् । 

बुधबार बेलुका ९ः३० मा मोरङको जहदा गाँउपालिका ६ पोखरिया बोर्डर हुँदै नेपाल ल्याइदै गरेका ५५ के जि बराबरको बोईलर कुखुरा प्रहरीले नियन्त्रणमा लिएको हो । 

बरामद गरिएका कुखुरा पोखरीया प्रहरीले नियन्त्रणमा लिइएको र आवश्यक कारवाहीका लागि सरोकारवाला निकायसँग समन्वय भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता राजकुमार खिउजुले बताए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *