सबैभन्दा शक्तिशाली पासपोर्ट जापान र सिंगापुरको, नेपालको पासपोर्ट खराब सूचीमा
असोज १५, काठमाडौं । सबैभन्दा शक्तिशाली पासपोर्ट एसियाका दुई देश सिंगापुर र जापानको रहेको पाइएको छ ।
अघिल्लो पटक ती देशका नागरिकले १८९ देशमा भिसा पाउँथे भने यसपटक १९० देशमा सजिलै भिजा पाउन थालेका छन् । हेन्ले एन्ड पार्टनरले हालै सार्वजनिक गरेको हेन्ले पासपोर्ट सूचकांकमा यी देश पहिलो नम्बरमा परेका छन् ।
सिएनएनका अनुसार अन्तराष्ट्रिय हवाई यातायात प्रधिकरण (इटा) ले उपलब्ध गराएको १९९ देशको पासपोर्ट र २२७ गन्तव्यका आधारमा हेन्लेले यो सूची निकालेको हो ।
यो पटकको तथ्यांकमा नेपालको पासपोर्टको स्तर खराब सूचीको सातौँ नम्बरमा परेको छ । सार्वजनिक सूचकांकमा नेपाल खराब सूचीको अन्तिम सातौं नम्बरमा रहेको सिएनएनले जनाएको छ ।
सुचकांको खराब सूचीमा नेपालसहित लेबनान, उत्तर कोरिया, लिब्या, प्यालेस्टाइन, सुडान, यमन, सोमालिया, पाकिस्तान, इराक र अफगानिस्तान रहेका छन् । ४० भन्दा कम देशमामात्र सजिलै भिसा पाउने देशलाई हेन्लेले खराब सूचीमा राखेको हो ।
फोटो: Getty Images
यी देशका पासपोर्ट सबैभन्दा शक्तिशालीः
१. जापान र सिंगापुर (१९०)
२. फिन्ल्यान्ड साउथ कोरिया (१८८)
३. डेनमार्क इटाली लक्जेम्बर्ग (१८७)
४. फ्रान्स स्पेन स्विडेन (१८६)
५. अस्ट्रिया नेदरल्यान्ड पोर्चुगल (१८५)
६. बेल्जियम क्यानडा ग्रिक आयरल्यान्ड नर्वे युनाइटेड किङडम अमेरिका स्विट्जरल्यान्ड (१८४)
७. माल्टा चेक रिपब्लिक (१८३)
८. न्युजिल्यान्ड (१८२)
९. अस्ट्रेलिया लिथुयनिया स्लोभानिया (१८१)
१०. हंगेरी आइसल्यान्ड लात्भिया स्लोभानिया (१८०)
यी देशका पासपोर्टहरु खराब सूचीमाः
१००. लेबनान, उत्तर कोरिया (३९)
१०१. नेपाल (३८)
१०२. लिब्या प्यालेस्टाइन सुडान (३७)
१०३. यमन (३३)
१०४. सोमालिया पाकिस्तान (३१)
१०५. सिरिया (२९)
१०६. इराक (२७)
१०७. अफगानिस्तान (२५)