तलब नपाएको झोंकमा शिक्षकले गरे नगरपालिकामा तालाबन्दी

कार्तिक ३, जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ ।   

बिगत पाँच महिनादेखि तलब  नपाएको भन्दै धनुषाको सबैला नगरपालिकामा अवस्थित सरस्वती माध्यमिक विद्यालयका शिक्षकहरुले नगरपालिकामा तालाबन्दी गरेका हुन् ।   

केही दिनअघि नगर प्रमुख विजयशंकर साहलाई शिक्षकहरुको संगठनले तलब उपलब्ध गराउन माग गर्दै एक ज्ञापन पत्र बुझाएका थिए । उक्त ज्ञापन पत्रको कुनै प्रतिक्रिया नआएपछी शिक्षकहरुले तालाबन्दी गरेको बताईएको छ । तर  प्रमुख साहले भने आफू यस विषयमा कुनै जानकार नभएको प्रतिक्रिया दिएका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *