रोनाल्डोको करियरकै ७०० औं गोलले पोर्चुगलको हार टार्न सकेन

एजेन्सी । युरोकप फुटवल छनौट चरणको खेलमासाविक विजेता पोर्चुगल पराजित भएको छ । सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल करियरको ७००औ गोल गरेको खेलमा पोर्चुगल युक्रेन सँग स्तब्ध भयो ।   

युरोकप छनोट अन्तरगत सोमबार राति भएको खेलमा पोर्चुगल घरेलु टोलीसँग २–१ ले पराजित भयो । युक्रेनको जितमा रोमन यारेमचुक र एन्ड्री यामोलेन्कोले गोल गरे । पोर्चुगलको हारसँगै उसले अब युरोकपमा छनौट हुन अर्को खेल कुर्नुपर्ने भएको छ । 

पोर्चुगललाई पराजित गरेपछि युक्रेन समूह ‘बी’ बाट युरोकपमा छनोट भयो । युक्रेनले समूह ‘बी’ मा ७ खेलबाट १९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको पोर्चुगलको ६ खेलबाट ११ अंक रहेको छ । 

खेलको छैटौं मिनेटमा नै रोमन यारेमचुकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । उनले क्रिभसभको पासमा गोल गरेका थिए । २७औं मिनेटमा एन्ड्री यामोलेन्कोले भिटाली माइकोलेन्कोको पासमा गोल गरेपछि घरेलु टोली युक्रेन पहिलो हाफमा २–० ले अघि बढेको थियो । 

२–० ले पछि परेको पोर्चुगलले दोस्रो हाफमा सुधारिएको खेल पस्कदै एक गोल गर्न सफल भएपनि हार टार्न सकेन । खेलको ७२औैं मिनेटमा रोनाल्डोले करियरकै ७०० औं गोल पेनाल्टीमार्फत गर्दै पोर्चुगललाई खेलमा फर्काउने कोशिष गरेपनि सार्थक भएन । रोनाल्डोले राष्ट्रिय टोलीबाट १६२ खेल खेल्दै ९५औं गोल पुरा गरे ।   

टारस स्टेफानेकोले पेनाल्टी बक्समा विपक्षी खेलाडीमाथि अनावश्यक होल्ड गरेपछि रेफ्रीले दोहोरो पहेलो कार्डसहित रातो कार्ड देखाएपछि घरेलु टोली युक्रेन १० खेलाडीमा समटिएको थियो । 

यही समूहको अर्काे खेलमा सर्वियाले लिथुनियालाई २–१ ले पराजित गरेको छ । जितसँगै सर्वियाले ७ खेलबाट १० अंक जोड्दै युरोकपमा छनोट हुने सम्भावना जीवितै राखेको छ । लिथुनिया १ अंकसहति पुछारमा रहँदा लक्जेमवर्ग ४ अंकसहित चौथो स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *