सचिवालयकै बैधता माथि प्रश्न उठेपछि स्थगित भयो नेकपा धरानको बैठक

कात्तिक १३, धरान । धरान उपमहानगरपालिकाको मेयर पदको उम्मेद्वार नाम सिफारिश गर्न आज बोलाइएको नेपाल कम्युनिस्ट पार्टी धरान उपमहानगर कमिटि सचिवालय बैठक स्थगित भएको छ । सचिवालयकै बैधता माथि प्रश्न उठेपछि आजको बैठक स्थगित भएको हो । 

नेकपा धरान उपमहानगर कमिटि गठन भएपनि हालसम्म सचिवालय गठन भएकै थिएन । यसरी सचिवालय नै गठन नगरी सचिबालयको बैठक डाकेपछि नेकपा धरान कमिटिका सदस्यहरुले सचिवालयको बैधता माथि नै प्रश्न गरे । ‘सचिवालय नै गठन नभइसकेको अवस्थामा कसरी बैठक बोलाइयो ?’ एक सदस्यले मकालु खबरसँग कुरा गर्दै भने–‘बैधता नदिइकन गरिएको निर्णयले पार्टीलाई अफ्टेरोमा पार्न सक्छ भनेपनि बैठक स्थगित भएको हो ।’ ती सदस्यले भने ।   

फाेटाे फायल 

नेकपा धरानको १ सय १ सदस्यीय कमिटिको सपथ ग्रहणपछि हालसम्म बैठक समेत बस्न सकेको छैन । भने, सचिवालयको नाम जिल्ला कार्यदलबाट आएपनि अनुमोदन गर्न सकिएको छैन । नगरकमिटिको अर्को बैठक अर्को सुचना नभएसम्म १५ गते पुर्ण बैठक बस्ने गरि बैठक स्थगित भएको छ ।   

मंसिर १४ गते हुने उपनिर्वाचनमा मेयरको लागि प्रतिपक्षी नेपाली कांग्रेस, समाजवादी पार्टी, संघीय लिम्बुवान मञ्चलगायतले उम्मेदवार चयन गरेर चुनावी प्रचारपूसार थालेपनि नेकपाले भने उम्मेद्वार नै छान्न सकेको छैन । नेकपाभित्र एक दर्जनबढि मेयरको उम्मेद्वारका आकांक्षी देखिएका छन् ।  

याे पनि हेर्नुहाेस 

http://www.makalukhabar.com/news/427245 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *