ला लिगामा बार्सिलोनाको सहज जित, मेसीले गरे सिजनकै पहिलो गोल

असोज २०, काठमाडौं । स्पेनिस लालिगामा साविक विजेता बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राती क्याप नाउमा भएको खेलमा सेभियालाई ४–० गोल अन्तरले पराजित गर्दा स्ट्राइकर लुइस स्वारेज, उसमान डेम्बेले, भिडाल र मेस्सी चम्किए ।   

खेलको पहिलो हाफको २६ औं मिनेटमा स्ट्राइकर लुइस स्वारेजले उत्कृष्ट एक्रोब्याटिक गोल गरे । त्यसको ५ मिनेटमै अर्थुरो भिडालले गोल गर्दा खेलको ३४ औं मिनेटमा उसमान डेम्बेलेले पनि गोल गर्दै खेल ३–० को स्थितिमा पुर्याएका थिए । दोस्रो हाफमा एक मात्र गोल कप्तान लियोनल मेसी ७८ औं मिनेटमा  सिजनकै पहिलो गोल फ्रिकिक मार्फत गरे । यो जितसँगै बार्सिलोना ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । 

खेलमा निर्धारित समय सकिन तीन मिनेट मात्र बाँकी छँदा डेब्बेले र रोनाल्ड अरुजोले दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड पाए । २० वर्षका रोनाल्डोले आइतबार नै पहिलो पटक सिनियर टिमबाट खेलेका थिए । जितसँगै बार्सिलोनाको ८ खेलबाट १६ अंक भएको छ र लिगको दोस्रो स्थानमा छ । समान खेल खेलेको रियल मड्रिड १८ अंकसहित शीर्ष स्थानमा छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =