८ वर्षका बालकले यसरी समाते ३१४ किलोको शार्क

असोज २७, काठमाडौं । अष्ट्रेलियामा ८ वर्षीय जेडेन मिल्लौरोले ३१४ किलोको शार्क समातेर रेकर्ड बनाएका छन् ।   

जेडेन आफ्ना पितासँग माछा मार्नका लागि सिड्नीको साउथ कोस्टबाट १६० किलोमिटर टाढा ब्राउन माउन्टेन नजिकैको इलाकामा गएका थिए । जेडेन पोर्ट ह्याकिंग गेम फिसिङ्ग क्लबका सदस्य हुन् र माछा मार्न सिकिरहेका छन् । 

बुवाले कुराकानीको क्रममा जेडेनले कर गरेपछि मात्र आफू माछा मार्नका लागि गएको बताए । उनले भने, ‘शार्क हाम्रो डुङ्गा पछि–पछि आइरहेको थियो । तब जेडेनको नजर उमाथि पर्‍यो । यसैबीच उनले काँटी र जालमार्फत् सार्कलाई समात्यो । यद्यपी, सार्कलाई डुङ्गातर्फ तान्न मैँले उसको मद्दत गरेँ ।’ 

स्थानीय मिडियाका अनुसार ३१४ किलो तौल माछा समातेर जेडेनले २२ वर्ष पुरानो रेकर्ड तोडेका छन् । यसअघि इयान हिसेले सन् १९९७ मा ३१२ किलो तौल भएको टाइगर सार्क समातेका थिए । -एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =