एयरपोर्ट तोडफोड प्रकरणमा पक्राउ सांसदलाई चार दिन म्याद थप

असोज २८,काठमाडौँ । एयरपोर्ट तोडफोडको आरोपमा पक्राउ परेका सांसद प्रमोदकुमार साहलाई चार दिनको म्याद थप गरेर  हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ । 

बुधबार जिल्ला अदालत धनुषाले साहलाई चार दिनको म्याद थप गरेर  हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका श्रेष्तेदार यज्ञप्रसाद आचार्यले जनाए । 

उनका अनुसार प्रहरीले अदालतमा १० दिनको माग गरे पनि चार दिनको मात्र म्याद थप गरिएको हो । चार दिन म्याद थप भएपछी अदालत परिसर बाहिर साहले संक्षिप्त प्रतिक्रिया दिँदै  यस घटनाबारे जनताले मूल्याङ्कन गरिरहेको र अदालतको गर्ने निर्णय आफूलाई स्वीकार्य हुने बताएका छन् । 

यता उनी पक्राउ परेपछी उनको रिहाईको माग गर्दै जनकपुर र वीरगञ्जमा राजपा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरिरहेका छन् ।  साहले सोमबार बिहान ११ः४० मा जनकपुरबाट काठमाडौँ उडान हुनुपर्ने बुद्ध एयरको प्लेन डिले भएपछी जनकपुर विमानस्थलको बुद्ध एयरको काउण्टर तोडफोड गरेका थिए ।   

सांसद साहले बिरामीको पीडा हेर्न नसकेर आक्रोशमा त्यस्तो कदम चालेको  राजपाले  दाबी गरेका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *