यी महिला काे हुन् र किन उनीबाट शाही उपाधि खाेसियाे ?

कार्तिक ७ ।  थाइल्याण्डका राजाले सबैलाई चकित पार्दै आफ्नो शाही सहयोगी महिला अधिकारीको ओहोदा र शाही उपाधि फिर्ता लिने घोषणा गरे जबकि केही महिना अघि मात्रै उनलाई यो सम्मान प्रदान गरिएको थियो । 

जुलाईमा सिनीनात वोंगवजीरापाकडीलाई आधिकारिक कनसोर्ट अर्थात् ‘शाही सहयोगी’ को उपाधि दिइएको थियो । तर राजदरबारको तर्फबाट दिएको बयानमा उनले आफूलाई महारानीको दर्जामा उभ्याउने कोसिस गरेका कारण सजाय दिइएको बताइएको छ । 

नयाँ सम्राट किंग महा वाचिरालोंगकोन सन् २०१६ मा आफ्नो पिताको मृत्युपछि राजा बने । देशको कानून अनुसार राजशाहीलाई कुनै प्रकारको आलोचना गर्न प्रतिबन्धित छ र यसका लागि कडा सजायको प्रावधान छ । 

रोयल कनसोर्ट के हो ? 

यद्यपि, कनसोर्ट साधारणतया श्रीमती, श्रीमान् वा सम्राटका सहयोगीका लागि प्रयोग गरिन्छ तर थाइल्याण्डको रोयल कनसोर्टको मामलामा यो शब्द राजाकी श्रीमतीसहित सहयोगी वा पार्टनरको सन्दर्भमा प्रयोग गरिएको छ । 

सिनीनात ३४ वर्षकी हुन् र थाइल्याण्डको पछिल्लो एक शताब्दीको इतिहासमा पहिलो रोयल कनसोर्ट थिइन् । जुलाईमा जब उनलाई यो पदवी दिइयो तब उनी राजाकी एक आधिकारिक सहयोगी बनेकी थिइन् । त्यसको केही दिन अघि मात्रै राजाले आफ्नी बडिगार्ड क्विन सुतिदासँग चौथो विवाह गरेका थिए । 

ऐतिहासिक रुपमा थाइल्याण्डको शाही परिवारको सबै प्रान्तमा शक्तिशाली परिवारमाझ राजभक्ति सुनिश्चित गर्नका लागि बहु विवाह र रोयल कनसोर्ट बनाउने गरिन्थ्यो । 

वर्षौंदेखि थाई राजाले थुप्रै श्रीमती वा कोनसोर्ट राख्थे । पछिल्लो पटक थाई राजाले सन् १९२० को दशकमा एक आधिकारिक कनसोर्ट राखिएको थियो र सन् १९३२ मा जब संवैधानिक रुपले राजशाही बनिन् तब यो उपाधि कसैलाई पनि दिइएको थिएन । 

सिनीनात को हुन् ? 

उनको पृष्ठभूमिबारे निकै कम जानकारी छ तर अदालतले उनीबारे केही सुचना जारी गरेको थियो । क्योटो युनिभर्सिटीमा दक्षिणपूर्व एशियाली मामलाका अध्ययन केन्द्रसँग जोडिएका असोसिएट प्रोफेसर पाविन छाटावलपोंगपुनले भने, ‘उनको अतितबारे हामीसँग त्यतिमात्रै जानकारी  जति शाही परिवारले दिएको छ ।’ 

सिनीनातको जन्म उत्तरी थाइल्याण्डमा सन् १९८५ मा भएको थियो र सबैभन्दा पहिले उनले नर्सको रुपमा काम गरिन् । तत्कालीन युवराज वाजीरालोंगकोर्नसँग उनी नजिकिएपछि उनको दखल रोयल मिलिटरी र सुरक्षा एजेन्सीमा बढ्यो । 

उनी बडीगार्ड, पायलट, प्यारासुट सैनिक बनिन् र रोयल गार्डमा समावेश भइन् । यो वर्षको सुरुवातमा उनलाई मेजर जनरलको पदमा नियुक्त गरियो । थुप्रै सम्मान र पदवीपछि उनलाई जुलाईमा रोयल नोबल कनसोर्ट बनाइयो । 

त्यसलगत्तै उनी लडाकू विमान र अन्य सैन्य पहिरनमा देखिन थालिन् । राजदरबारबाट उनका जतिपनि तस्बिर जारी गर्यो त्यसमा उनी एक्सनमा देखिन्छिन् । यद्यपि, अब यी तस्बिरमा आधिकारिक वेबसाइटबाट पनि हटाइएको छ । 

उनीमाथि के भयो ? 

शाही अदालतको ग्याजेटमा भएको आधिकारिक घोषणाका अनुसार सम्राटमाथि  खराब व्यवहार र विश्वासघात गरेका कारण सिनीनातलाई उनको पदबाट हटाइएको हो । बयानमा भनिएको छ, ‘उनी निकै महत्वाकांक्षी थिइन् र उनले आफ्नो हैसियत रानी बराबर बढाउने कोसिस गरेकी थिइन् ।’ 

बयानमा भनिएको छ, ‘रोयल कनसोर्टको व्यवहार अपमानजनक मानियो, राजा र महारानीको आज्ञा भंग गरेको र राजाको तर्फबाट आदेश जारी गरेर उनले आफ्नो शक्तिको दुरुपयोग गरिन् ।’ बयानमा भनिएको छ, ‘जुन पदवी उनलाई दिइएको थियो त्यसको उनी लायक  नै नभएको राजाले पाए । उनले आफ्नो पद अनुसार उचित व्यवहार पनि गरिनन् ।’ 

अब सिनीनातको भविष्य के होला ? 

अहिलेसम्म सिनीनातको पदवी खोसिएको छ र अहिलेसम्म यो स्पष्ट छैन कि उनीमाथि अब के हुन्छ ? कर्नेल युनिभर्सिटीमा थाई अध्ययन र इतिहासकी प्राध्यापक तमारा लूस भन्छिन्, ‘हामीलाई थाहा छैन कि उनीमाथि के हुनेछ । जे पनि कारवाही हुन्छ त्यो पारदर्शी हुने कमै सम्भावना छ ।’ 

जुन तरिकाले उनको अतितबारे शाही दरबारले नै छवि बनाएको छ त्यसरी नै उनको भविष्यबारे पनि यही हुनेछ । राजा वाचिरालोंगकोनका दुई पूर्व श्रीमती कहाँ छन्, के गर्दैछन् त्यसबारे केही अत्तोपत्तो छैन । सिनीनातको पनि उपाधि खोसिएपछि यस्तै स्थिती हुने अनुमान गरिएको छ । 

सन् १९९६ मा उनले आफ्नी दोस्री श्रीमती सुजारिनी विवाचारावोंग्सेको निन्दा गरे जो अमेरिका गएकी थिइन् । उनले यी श्रीमतीमार्फत् भएका चार छोरालाई पनि अस्विकार गरेका थिए । सन् २०१४ मा आफ्नी तेस्री श्रीमती स्रिरास्मी सुवादीको सबै पदवी खोसियो र शाही दरबारबाट निकालियो । उनी कहाँ छिन् कसैलाई पनि थाहा छैन जबकी उनको परिवारलाई पक्राउ गरियो र जेलमा राखियो । 

तेस्री श्रीमतीमार्फत् भएको छोरालाई उनले आफैंसँग राखे । उनका पूर्व श्रीमतीले कहिले पनि आफ्नो स्थितीबारे कुनै पनि बयान जारी गरेका छैनन् । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *