एमेच्योर गल्फर शुक्र बहादुरलाई भुटान ओपन गल्फ च्याम्पियन

असोज २७, धरान । नेपालका एमेच्योर गल्फर शुक्र बहादुर राईले २८ औं भुटान ओपन गल्फ एमेच्योर च्याम्पियनसिपको उपाधि हासिल गरेका छन् । प्रतियोगिताको अन्तिम दिन इभन पार ७० स्कोर गरेका शुक्रले समग्रमा ४ अन्डर २७६ अंक जोडेर उक्त प्रतियोगिताको च्याम्पियन भए ।   

शुक्र यो उपाधि जित्ने तेस्रो नेपाली गल्फर हुन् । यसअघि सन १९९३ मा दीपक थापा मगर र सन २०१७ मा टंक बहादुर कार्कीले यो उपाधि जितेका थिए । उनले भुटानका जीवाङ गुरुङलाई एक स्ट्रोकले पछि पार्दै उपाधि हासिल गरेका थिए । हिजो आइतबार शुक्रले फ्रन्ट र ब्याक नाइन इभन पारमा पुरा गर्दा दोस्रो, छैठौ र एघारौ होलमा बर्डी खेले भने पाँचौ, आठौं र अठारौ होलमा एक एक सट खेर फालेका थिए ।   

शुक्र दोस्रो दिन उत्कृष्ट ९ अन्डर खेले । उनले करियरमै ब्यक्तिगततर्फ अन्तर्राष्ट्रिय उपाधि जितेको यो पहिलो पटक हो । उनले सन २०१७ मा टंक बहादुर कार्कीसँग टिम इभेन्टमा उपाधि जितेका थिए ।  

Image may contain: 1 person, smiling, standing

प्रतियोगितामा भुटानका जीवाङ गुरुङले अन्तिम दिन एक अन्डर ६९ अंक जोडी समग्रमा ३ अन्डर २७७ का साथ दोस्रो भए । २८२ अंकका साथ सुबास तामाङ तेस्रो, पुर्व विजेता टंक बहादुर कार्की २८५ अंकसहित चौथो र २८८ अंक बटुलेका नीरज तामाङ पाँचौ भए । टिम इभेन्टमा नेपालले दोस्रो स्थान प्राप्त गरेको छ ।  

सुबास तामाङ र शुक्र बहादुर राई ३६ होलको प्रतिस्पर्धामा भुटानका जीवाङ लामा र छेन्द्र दोर्जीसँग एक स्ट्रोकले पछि परे । चारदिने च्याम्पियनसिपमा नेपाल, भुटान, बंगलादेश र भारतका ८० खेलाडीको सहभागिता रहेको थियो । शुक्र सन् २०१८ मा धरानमा सम्पन्न इष्टर्न ओपन गल्फ टुर्नामेन्टका ओभरअल च्याम्पियन हुन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *