नेपालले म्यानमार र इंग्ल्याण्डसँग खेल्ने
मकालु खबर
२०७६ कार्तिक ३ गते
कार्तिक ३, काठमाडौं । विश्वकप र एसियाकप छनोटको तयारीका क्रममा हुन लागेको खेलमा नेपालले म्यानमार र इंग्ल्याण्डको ‘सी’ टिमसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
समूह ‘बी’ मा रहेको नेपालले यसअघि ४ खेल खेलिसकेको छ । म्यानमारसँग २१ कार्तिकमा मैत्रिपूर्ण खेल हुने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । यो खेल मान्डालेमा हुनेछ ।
कतारमा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत समूह चरणको खेल खेलिरहेको नेपालले घरेलु मैदानमा हुने खेलअघि म्यानमारसँग खेल्न लागेको हो ।
यस्तै इंग्ल्याण्डको सी टिमसँग २५ मे २०२० मा मैत्रिपूर्ण खेल हुने तय भएको छ । यो खेल एल्डरसट टाउन फुटबल क्लबको मैदानमा हुनेछ ।
मकालु खबर
२०७६ कार्तिक ३ गते
प्रतिक्रिया
सम्बन्धित