इलेक्ट्रिसियन पैसा उठाउन गए, घर मालिकले सिंह छाडिदिए

कात्तिक २, पाकिस्तान । पाकिस्तानमा एक जना व्यक्तिले घरमा आएका इलेक्ट्रिशियनमाथि सिंह छाडिदिएका छन् । इलेक्ट्रिशियन आफूले लिनु पर्ने रकम माग्न ती व्यक्तिको घर गएका थिए ।   

एक महिना पहिले भएको यो घटना भर्खरैमात्र बाहिर आएको हो । घटना सार्वजनिक भएपछि प्रहरीले आरोपीलाई गिरफ्तार गरेको छ ।   

घटना एक महिना अघि भएको भए पनि आरोपी र पीडितबीच एक सहमतिले गर्दा प्रहरीकहाँ उजुरी पुगेको थिएन । तर जब आरोपीले सहमति अनुरुप घाइते भएका इलेक्ट्रिसियनको उपचार खर्च तिर्ने वाचाबाट पछि हटे घटना प्रहरीकहाँ पुग्यो ।   

Image result for सिंह

यो घटना पाकिस्तानको पञ्जाब प्रान्तको शहादरा क्षेत्रमा भएको हो । आरोपी व्यक्ति एक धार्मिकस्थलमा ‘केयरटेकर’को काम गर्छन् ।   

खबर अनुसार, आरोपीले पिडित इलेक्ट्रिशियनसँग केही काम गराएका थिए । तर काम सकिएपछि पनि पटक पटक भन्दा पनि उनले पैसा दिइरहेका थिएनन् ।   

जब पिडित आफ्नो बाँकी रहकम लिन आरोपीकहाँ पुगे तब दुईबीच झगडा भयो । आरोपीले रिसको झोकमा आफ्नो घरमा पालेको सिंहलाई छाडिदिए । सिंहको आक्रमणमा परेर इलेक्ट्रिसियन घाइते भए ।   

यो घटनापछि आरोपीले पिडितलाई प्रहरीकहाँ उजुरी नगरे आफूले जरिवाना तिर्ने वाचा गरेका थिए । तर एक महिनापछि पनि पिडितले पैसा नपाएपछि उनी प्रहरीकहाँ पुगे ।   

उजुरीपछि प्रहरीले आरोपीलाई मानिसमाथि सिंह छाडेको र उपचार खर्च नतिरेकोमा पक्राउ ग¥यो । तथापि प्रहरीले आरोपीले सिंह पाल्ने लाइसेन्स लिएको वा नलिएकोबारेमा केही बताएको छैन । 

त्यस्तै घटनापछि सिंहको अवस्थाबारेमा पनि केही जानकारी प्राप्त भएको छैन । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *