प्रहरी तालिम केन्द्रमै ‘बलात्कार प्रयास’

असोज १, काठमाडौँ । निडर भावनासहित प्रहरी जवानको तालिममा उत्रिएकी थिइन् । यही मनोवलले प्रहरी प्रशासनमा काम गर्ने सोच थियो तर त्यस दिन उनको मुहारमा डर र त्रास मात्र झल्किन्थ्यो ।  

प्रहरी अधिकृतले पीडितको मनोविज्ञान खोतलेपछि उनले आफूमाथि तालिम केन्द्रमै जबर्जस्ती करणी प्रयास भएको खुलाइन् । नेपालगन्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा प्रहरी जवानकी प्रशिक्षार्थीले पाँच दिन अघि केन्द्रभित्रै आफूमाथि प्रहरी नायब निरीक्षक (सइ) बमबहादुर रानाले करणी प्रयास गरेको आरोप लगाएकी हुन् ।   

केन्द्रका डीएसपी मधुसूदन न्यौपानेका अनुसार पहिले दुवै जनाबीच शंकास्पद गतिविधि देखिएको थियो । गत असोज २६ गते व्यारेकस्थित गल्र्स होस्टलमा बोलाई चुकुल लगाएपछि रानाले हात समातेर करणी गर्न खोजेको पीडितको आरोप छ ।  

null

यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =