‘स्कुल प्रिन्स एण्ड प्रिन्सेस’ मा छानिएकाहरु प्रशिक्षणमा ब्यस्त

कात्तिक, २ विराटनगर । ‘सीप, संस्कार सहीतको सौन्दर्य’ भन्ने मुल नाराका साथ सुरु भएको ‘स्कुल प्रिन्स एण्ड प्रिन्सेस’ मोरङ २०१९ का लागि छानिएका प्रतिष्पर्धीहरुको प्रशिक्षण सत्र चलिरहेको छ ।   

गत असोज १८ गते विराटनगरमा हाउस अफ मिडिया एण्ड ईन्टरटेन्टमेट द्वारा आयोजित कार्यक्रमबाट पहिलो र दोस्रो अडिसनमा छानिएकाहरु मध्ये २० जना किशोरी र ६ जना किशोर गरी जम्मा २६ जना प्रतिस्पर्धीले प्रशिक्षण लिइरहेका छन् ।   

१७ दिन सम्म सञ्चालन हुने उक्त प्रशिक्षणको कोरियोग्राफर मोनिका सुब्बा रहेकी छिन् । ‘यो एउटा सुन्दरता छान्ने कार्यक्रम मात्र नभएर अबको पुस्तालाई सीप, संस्कार र व्यक्तित्व विकासका लागि ज्ञानका कुराहरु सिकाउने माध्यम पनि हो ।’ कोरियोग्राफर सुब्बाले बताइन् ।   

आयोजक संस्थाका प्रबन्ध निर्देशक अर्जुन श्रेष्ठले अन्य प्रतियोगिता भन्दा स्कुल प्रिन्स एण्ड प्रिन्सेस फरक प्रतियोगिता रहेको बताए । १७ दिनको प्रशिक्षणमा प्रतिष्पर्धीहरुलाई विभिन्न प्रेरक व्यक्तित्वहरुसँगको भेटघाट सहित ब्यक्तित्व विकासको प्रशिक्षण दिने श्रेष्ठले बताए । 

हरेक मानिसमा सुन्दरता मात्र भएर हुन्न त्यसभित्र सीप र क्षमता हुन जरुरी हुन्छ । सीप सँगै संस्कार पनि हुन जरुरी रहेकाले सीप, संस्कार सहीतको प्रतियोगिता गरिएको हो । विद्यालय तहमा रहेका विद्यार्थीमा रहेको प्रतिभा प्रस्फुटन गराउन समेत प्रतियोगिताले ठूलो भूमिका निर्वाह गर्ने बताइएको छ । ‘प्रतियोगिताले किशोर, किशोरीहरुमा आत्मबल वृद्धि भई प्रतिभा प्रस्फुटन हुनमा पनि सहयोग पुग्छ ।’ आयोजक संस्थाका सल्लाकार नरेश श्रेष्ठले बताए ।   

प्रतियोगिताका विजेताले २० हजार नगदसहित जीवन बिमाका साथै विभिन्न आकर्षक उपहार प्राप्त गर्नेछन् । भने, फष्ट र सेकेण्ड रनरअपलाई क्रमशः १६ हजार नगद पुरस्कार प्रदान गरिने छ । उक्त कार्यक्रमको फाईनल यही कात्तिक २३ गते विराटनगरको विरेन्द्र सभागृहमा हुने छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *