आजको पञ्चाङ्गः यस्तो छ योगफल थाहा पाउनुहोस्

असोज १८ काठमाडौं, । शनिबार। इ.स. २०१९ अक्टोबर ५। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ कौलाथ्व। आश्विन शुक्लपक्ष। सप्तमी, १४:०८ उप्रान्त अष्टमी। नक्षत्र– मूल, १८:१८ बजेउप्रान्त पूर्वाषाढा।  

योग– शोभन, २८:४९ बजेउप्रान्त अतिगण्ड। करण– वणिज, १४:०८ बजेदेखि भद्रा, २६:११ बजेउप्रान्त वव। आनन्दादिमा गद योग। चन्द्रराशि– धनु। काठमाडौंमा सूर्योदय– ५:५८ बजे, सूर्यास्त– १७:४४ बजे र दिनमान २९ घडी ५ पला। शारदीय नवरात्र। फूलपाती। श्री तुलजा–भवानी यात्रा बिहान १०:४७ बजे, स्थिरासन बिहान ११:२१ बजे शुभ। नवपत्रिका भित्र्याउने। सरस्वतीलाई आवाहन गर्ने दिवस। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 17 =