विप्लव नेकपाका तीन कार्यकर्ता पक्राउ
२०७६ कार्तिक ८ गते

कार्तिक ८, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन कार्यकर्ता पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँले पार्टीका स्याङ्जा जिल्ला सेक्रेटरी गोकुल पराजुली, जिल्ला सदस्यद्वय सागर अर्याल र जीवन क्षेत्रीलाई नियन्त्रणमा लिएको हो ।
उनीहरु जिल्ला प्रशासन कार्यालय तनहुँको आदेशमा जनही एक हजार धरौटी बुझाएर तारेखमा बिहीबार रिहा भएका थिए । रिहा भएलगतै उनीहरुलाई प्रशासन कार्यालयको परिसरबाट बिहीबार नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

उनका अनुसार उनीहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय लमजुङमा अर्को मुद्दा भएका कारण प्रहरी कार्यालय लमजुङको पत्राचार अनुसार पुनः पक्राउ गरिएको हो । उनीहरुलाई लमजुङ पठाइएको छ ।
२०७६ कार्तिक ८ गते
प्रतिक्रिया
सम्बन्धित








