६ लाख ६० हजार नगद सहित २० जुवाडे पक्राउ

कात्तिक १३, मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले २० जना जुवाडेलाई नगद सहित पक्राउ गरेको छ । प्रहरीले सोमबार र मंगलबार दुई दिनमा २० जना जुवाडेबाट नगद ६ लाख ६० हजार २ सय ४५ रुपैयाँ समेत बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले मंगलबार विराटनगर महानगरपालिका ८ मा जुवा खेलिरहेका १० जनालाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिए ।   

श्रेष्ठले उनीहरुलाई कौडा खेलिरहेका अवस्थामा २ लाख १० हजार ६ सय १० रुपैयाँसहित पक्राउ गरिएको बताए । एक सेट कौडासहित पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।   

null

त्यसैगरी, प्रहरीले सोमबार विराटनगर महानगरपालिका ३ मा पनि जुवा खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गर्दा उनीहरुको साथबाट एक सेट कौडा र ४ लाख ४९ हजार ४ सय ७५ रुपैयाँ बरामद भएको छ । दुवै घटनामा पक्राउ परेका जुवाडेहरुको नाम भने प्रहरीले खुलाएको छैन । 

तिहारका समय जुवातास खेल्नेहरु हुन्छन् । सरकारले जुवातास खेल्न प्रतिबन्ध लगाएपनि चाडवाडमा खुलेआम जुवातासको खाल बस्ने गरेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *