अवैध रकम सहित २ पक्राउ

असोज १४, बीरगञ्ज । प्रहरीले बीरगञ्जमा अवैध रकम सहित २ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा वीरगञ्ज १६ का आवाश अलि र अस्ताक आलम रहेको प्रहरीले जनाएको छ ।   

हुण्डी कारोबारी उनीहरुलाई स्रोत नखुलेको अवैध रकम १२ लाख सहित वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ नारायणी अस्पताल अगाडीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   

पक्राउ परेका उनीहरुमाथी आवश्यक छानबिन भईरहेको प्रहरीले जनाएको छ ।   

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *