नक्कली चाँदी सहित इमाडोल तिलहरि ज्वेलर्सका सञ्चालक पक्राउ

असोज ७, काठमाडौँ ।  प्रहरीले काठमाडौँबाट नक्कली चाँदी सहित एक सुन पसलका सञ्चालकलाई पक्राउ गरेको छ ।   

प्रहरीका अनुसार पक्राउ पर्नेमा ललितपुरको इमाडोलका तिलहरि ज्वेलर्सका सञ्चालक  ३३ वर्षीय राज सापकोटा रहेका छन् ।   

धादिङ घर भइ हाल महालक्ष्मी–११, इमाडोल बसोबास गर्दै आईरहेका सापकोटालाई सक्कली चाँदी भनेर नक्कली चाँदी बेच्न लागेको अवस्थामा  १५ किलो नक्कली चाँदी सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   

Image result for पक्राउ

प्रहरीका अनुसार पक्राउ परेका सापकोटालाई धुम्बाराहीबाट पक्राउ गरिएको र हाल उनीमाथी अनुसन्धान भईरहेको छ ।   

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *