सांसद साहको रिहाईको माग गर्दै आन्दोलनः विद्यालय देखी सवारीसाधन समेत बन्द

असोज ३०, सर्लाही ।  प्रतिनिधिसभा सदस्य प्रमोद साहको रिहाईको माग गर्दै बिहीबार सर्लाही बन्द गरिएको छ । राष्ट्रिय जनता पार्टी नेपाल सर्लाहीकाे सांसद रहेका प्रमोद साहको रिहाईको माग गर्दै बिहीबार सर्लाही बन्द गरिएको हो ।   

पूर्व निर्धारित कार्यक्रम अनुसार प्रदर्शनकारीले बिहानैदेखि बजार बन्द गराउनका साथै सवारी साधनलाई चल्न दिएको छैन् भने सामुदायिक विद्यालय समेत बन्द गरिएको छ । बन्द कर्ताले  आफ्ना सांसदको रिहाईको माग गर्दै बिभिन्न नाराबाजी गर्दै बजार बन्द गराएका हुन् ।   

बन्दको कारण जनजिवन प्रभावित हुनुको साथै लामो दुरीको यातायात ठप्प हुँदा यात्रुहरु मर्कामा परिरहेका छन् । सांसद साहलाई रिहाई नभएसम्म आन्दोलन जारी रहने  राजपा नेपाल निकट राष्ट्रिय विद्यार्थी सङ्घ सर्लाही जिल्ला संयोजक दिगेश्वर नायकले जानकारी दिएका छन् । 

गत सोमबार बिहान ११ः४० मा जनकपुरबाट काठमाडौँ उडान हुनुपर्ने बुद्ध एयरको प्लेन डिले भएपछी जनकपुर विमानस्थलको बुद्ध एयरको काउण्टर तोडफोड गरेको आरोपमा साह पक्राउ परेका थिए ।पक्राउ परेका साहलाई बुधबार जिल्ला अदालत धनुषाले चार दिनको म्याद थप गरेर  हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *