मोटरसाइकल र स्कुटी ठोक्किँदा एक जनाको ज्यान गयो

कात्तिक १३, विराटनगर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैचा नपा ९ मा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ । भने, एक जना घाइते भएका छन् । 

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को २९ प. २७८४ नम्बरको मोटरसाइकल र विपरित दिशा तर्फ आँउदै गरेको को ३२ प.८७५० नम्बरको स्कुटी एक आपसमा ठोक्किँदा स्कुटी चालक सप्तरी महुलीका अन्दाजी ३२ वर्षिय निश्चल भारती घाइते भएभने, झापा मेची नपा १२ बस्ने १८ वर्षिय एलिस भारतीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।   

एलिस भारतीको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक घनश्याम श्रेष्ठले बताए । स्कुटी पछाडी सवार मोरङ उर्लाबारी नपा ४ की २३ वर्षिय घाइते प्रमिला गिरीको नोबेल अस्पतालमा उपचार भईरहेको छ । 

Related image

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *