दुर्घटना नियन्त्रण गर्न राडर गन प्रयोग, मापसे चेकिङलाई प्राथमिकता

असोज १९ चितवन । अत्याधिक गतिमा सवारी चलाउँदा हुन सक्ने दुर्घटना नियन्त्रण गर्न राडर गन (स्पीड जाँच गर्ने मेसिन) को प्रयोग गरिएको छ । विगत केही वर्षदेखी चितवनमा यसको प्रयोग हुन छाडेको थियो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले थन्किएर रहेको राडर गनलाई प्रयोग गर्दै दुर्घटना न्युनिकरणको प्रयास थालेको हो । सवारी साधनलाई चाडवाडका बेला यात्रु ओसार्न भ्याई नभ्याई हुन्छ । त्यसैले पनि दुर्घटना हुन सक्ने संभावना धेरै हुन्छ । राडर गनबाट चेकिङ गर्दा अहिले सम्म २० वटा सवारी कारवाहीमा परिसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक निरीक्षक चन्द्र गिरीले जानकारी दिए । 

‘चाडवाडका बेला सवारी झनै अत्याधिक स्पीडमा चलाईन्छ ।’ ट्राफिक निरीक्षक गिरीले भने–‘तीव्र स्पीडका कारण दुर्घटनाको भय हुने हुँदा राडर गनको प्रयोग गरिएको हो ।’ राडर गनले तीन चार किलो मिटरबाट आउँदै गरेको सवारीको गति मापन गर्न सक्छ । प्रहरी एकतिर बसेर केही परबाट आउँदै गरेको सवारी तिर राडर गन फर्काएर त्यसको स्पीड मापन गर्ने गरिएको छ । राडन गनको प्रयोगबाट तीव्र गतिमा सवारी चलाउनेको संख्यामा निकै घटेको ट्राफिक प्रमुख गिरीले बताए ।   

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालय चितवनले चाडवाडलाई लक्षित गर्दै मापसे चेकिङलाई प्राथमिकता दिएर काम गरिरहेको छ । जिल्लाका प्रमुख स्थानमा मापसे चेकिङ हरेक दिन भईरहेका छन् । 

‘चाडवाडमा मापसे गरेर सवारी चलाउनेहरु धेरै हुन्छन् ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख चन्द्र गिरीले भने–‘मापसेकै कारण दुर्घटना बढि हुने हुँदा यसको चेकिङलाई प्राथमिकता दिएका छौं ।’ हरेक दिन ४० जना सम्म मापसे गरेर सवारी चलाउने चालक कारवाही पर्ने गरेको उनले बताए । त्यस्तै सवारी साधनले यात्रुहरुसँग बढि भाडा लिने गरेको गुनासोहरु आएपछि प्रहरीले चितवनको आँपटारीमा प्रत्येक दिन सवारीलाई रोकि यसबारे कारवाही गर्दै आएको छ । अहिले काठमाडौबाट जिल्ला बाहिरिने यात्रु धेरै हुने हुँदा आँपटारीमा चेकिङ गर्ने गरिएको छ । भने, दशैं पछि काठमाडौ भित्रिने सवारीलाई चेकिङ गरिने ट्राफिक प्रमुख गिरीले बताए ।   

यस्तै सवारीको क्षमता भन्दा बढि यात्रु वोक्ने सवारीलाई समेत कारवाही गरिँदै आएको छ । यस वाहेक प्रत्येक दिन प्रहरीको सयुक्त टोलीले चेकिङलाई तीव्रता दिएको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *