लायन्स क्लब अफ विराटनगरको रक्तदान कार्यक्रम

कात्तिक ७, विराटनगर । लायन्स क्लब अफ विराटनगर एक्टीभको आयोजना र भाटभटेनी सुपरमार्केटको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

विराटनगरको ब्लड बैंकमा रगतको अभाव भएको कारण बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेको लायन्स क्लब एक्टीभका संस्थापक अध्यक्ष रेवतबहादुर कार्कीले बताए । कार्यक्रम अवधिभरमा ३० पाउन्ड रगत खपत भइसकेको पोखरेलले जानकारी दिए । 

ब्लड बैंकमा हाल ए पोजेटिभ, बी पोजेटिभ, ए बी पोजेटिभ समूहका रगत अभाव रहेको उनले बताए । ब्लड बैंकबाट दैनिक ६० देखि ६५ पाउण्ड रगतको मााग हुने र ५० देखि ५५ पाउण्ड विभिन्न समूहका रगत बैंकमा स्टक राखिने रक्तसंचार सेवा केन्द्रका प्राविधिक इन्चार्ज शिवनन्द यादवले जानकारी दिए ।  दैनिक ३० देखि ३५ पाउण्ड रगत खपत हुने  यादवले बताए ।   

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *