मोरङमा राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

कात्तिक १०, विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले तिहारको अवसरमा राती १० बजेसम्म मात्र देउसी भैलो खेल्न दिने भएको छ ।   

स्थानीय सुरक्षा समितिको शुक्रबार बसेको बैठकले चाडपर्वको बेलामा जुवातास खेल्ने तथा मदिरा सेवन गरी शान्ति सुरक्षामा खलल पु¥याउने जो कोहीलाई कानुनको दायरामा ल्याउने निर्णय गरेको छ ।   

साथै तिहार मनाउने क्रममा पटका र आतिसबाजी जस्ता कार्यले स्वास्थ्य र सुरक्षामा असर पर्न जाने चोटपटक लाग्ने र आगलागी भई धनजनको क्षति समेत हुन सक्ने भएकाले त्यस्ता पदार्थको उत्पादन, आयात, निर्यात खरीद, बिक्रि वितरण ओसारपसार लगायतमा पूर्ण रोक लगाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ ।   

null

चाडवापर्वमा हुन सक्ने महँगी, कालोबजारी, अखाद्य पदार्थ, म्याद सकिएका पदार्थको भण्डार बिक्रि वितरणलाई प्रभावकारी रुपमा अनुगमन नियमन र नियन्त्रण गर्ने कार्यलाई सम्बन्धित स्थानीय निकायलाई निर्देशन दिने बैठकमा निर्णय भएको छ ।   

भारतबाट आयात गरिने पटका तथा प्रज्वलनशील पदार्थमा रोक लगाउन प्रहरीले सीमावर्ती क्षेत्रमा निगरानी बढाउनका साथै बजारमा अनुगमन कार्य तीव्र पारिएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *