युरोकप छनोटमा बेल्जियमलाई लगातार आठौँ जित, पछिल्लो खेलमा काजकिस्तान २–० गोलले पराजित
२०७६ असोज २७ गते

असोज २७, एजेन्सी । युरोकप छनोट अन्तर्गत जारी खेलमा बेल्जियमले लगातार आठौँ जित हात पारेको छ । आइतबार राति भएको खेलमा काजकिस्तानलाई २–० गोल अन्तररले पराजित गर्दै बेल्जियमले जित हात पारेको छ ।
बेल्जयमका लागि मिश बत्सुयी तुंगाले २१ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५३ औं मिनेटमा थोमस मुनिरले गोल गरेपछि बेल्जियमले दुई गोलको अग्रतासँगै जित हात पारेको हो ।
काजकिस्तानले भने कुनै पनि गोल गर्न नसकेपछि सुन्यमै हार बेहोर्नु पर्यो ।
null
२०७६ असोज २७ गते
प्रतिक्रिया
सम्बन्धित








