‘देशको विकास र समृद्धिमा समर्पित पार्टी कम्युनिष्ट पार्टी हो’ प्रचण्ड

कात्तिक १३, महोत्तरी । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले समग्र देशको विकास र समृद्धिमा सम्पूर्णरुपले समर्पित पार्टी कम्युनिष्ट पार्टी नै भएको बताएका छन् । बुधबार महोत्तरीको पिपरामा छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने–‘म दोस्रो पटक प्रधानमन्त्री रहँदा काठमाडौं तराई जोड्ने फास्ट—ट्रयाकको उद्घाटन गरेको र उक्त कार्य द्रुत गतिमा अघि बढेको छ । तराई मधेस र राजधानी काठमाडौं जोड्ने फास्ट—ट्रयाक निर्माण भएपछि तराई मधेसका लागि निकै सहज हुने हुन्छ ।’ 

प्रचण्डले अहिले जनकपुरबाट पिपरा हुँदै बिर्तामोड जाने बाटो समेत ६ लेनको बनाउने कार्य अघि बढेको समेत बताए । यो बाटोका लागि पनि आफू प्रधानमन्त्री रहँदा एक अर्ब रुपैयाँ दिएको साथै छिटो सम्पन्न गर्न ठाडो निर्देशन समेत दिएको उहाँले स्मरण गरे । 

त्यस्तै निजगढ विमानस्थल निर्माणको तयारी तीव्र रुपमा अघि बढेको साथै प्रदेश २ बाट नै पहिलो रेल गुड्ने समेत अध्यक्ष प्रचण्डले बताए । त्यसैगरी, सुनकोशी कमला डाइभर्सन परियोजना अहिलेको सरकारको प्राथमिकतामा रहेको भन्दै केपी ओलिको नेतृत्वको सरकारले यो परियोजना राष्ट्रिय गौरवको रुपमा अघि बढाउन लागेको जिकिर गरे । यो परियोजना बनेपछि लाखौं हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने साथै जलविद्युत् उत्पादन गर्न सकिने उनको भनाई थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *