एनआईसी एशिया बैंकका ग्राहकले अबदेखि टिथ सेभर्स क्लिनिकमा १५ प्रतिशत छुट पाउने

कात्तिक १४, काठमाडौं । एनआईसी एशिया बैंक र टिथ सेभर्स प्रा.लि. त्रिपुरेश्वरबीच एनआईसी एसिया बैंकका ग्राहकहरुलाई टिथ सेभर्स डेन्टल क्लिनिकमा दाँतसम्बन्धी उपचार गराउँदा १५ प्रतिशत सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।   

सम्झौता बमोजिम बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले टिथ सेभर्समा दाँतसम्बन्धी उपचार गराउँदा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।   

सो सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख प्रवीण रेग्मी र टिथ सेभर्सको तर्फबाट अध्यक्ष उषा घिराईयाले हस्ताक्षर गरेका छन् ।   

null

एनआइसी एसिया बैंकले मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८२ एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *