बसले किचेर बालकको मृत्यु भएपछि स्थानीयले कुटे चालक, बट्टार बजार बन्द

असोज २९, नुवाकोट । नुवाकोटको बट्टार बजारमा बसले किच्दा एक बालकको मृत्यु भएपछि तनाव सिर्जना भएको छ ।   

तारकेश्वर गाउँपालिका–६ गोस्र्याङ घर भएका प्रताप तामाङका ६ वर्षीय छोरा युनिक तामाङको आज दिउँसो केरुङ यातायातको बा४ख ७५०४ नम्बरको बसले किच्दा मृत्यु भएपछि स्थानीय तोडफोडमा उत्रिएका हुन् ।   

स्थानीयले चालकलाई सख्त घाइते हुने गरी कुटपिट गर्नुका साथै बस तोडफोड गरेका छन् । घाइते चालकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।   

मृतकका आफन्तले बसलाई जलाउने प्रयास गरेपछि भीड तितरवितर पार्न प्रहरीले पाँच सेल अश्रुग्याससमेत प्रहार गरेको थियो ।   

मृतकका आफन्तले दोषीलाई कडा कारवाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेर बट्टार बजार बन्द गरेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =