कहाँ पुग्यो २७१६ वटा सीमास्तम्भ ?

असोज १६, काठमाडौँ । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) विस्तार गरिँदै आए पनि सीमा स्तम्भ हराउने क्रम रोकिएको छैन । गृहमन्त्रालयका अनुसार ८ हजार ५ सय ५३ वटा सीमास्तम्भ हुनुपर्नेमा २ हजार ७ सय १६ स्तम्भ गायब छन् ।
नेपाल–भारत खुला सीमा जोडिएका स्थानमा ४ सय ५७ वटा सीमा स्तम्भ मात्र राम्रो अवस्थामा रहेको गृहले जनाएको छ । १ हजार ५ सय ५६ वटा सीमास्तम्भ धेरै क्षतिग्रस्त र २ हजार ८ सय ९१ सामान्य क्षतिग्रस्त छन् ।
नापी विभागका अनुसार भारतसँग नेपालको एक हजार ८ सय ८० किलोमिटर र चीनसँग भने १ हजार ४ सय १४ किलोमिटर सीमा जोडिएको छ । भारततर्फ सीमास्तम्भ ताप्लेजुङबाट सुरु भई दार्चुलामा पुगेर टुंगिन्छ ।
null
दार्चुलाको कालापानी र नवलपरासीको सुस्ता विवादका केही भागमा दुई मुलुकबीच सीमा विवाद मिल्न बाँकी छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिउको छ ।








