एकता बस्तीमा चोरी गर्ने पाँच जना प्रहरी नियन्त्रणमा

असोज ३०, काठमाडौं । बूढानीलकण्ठ नगरपालिकास्थित एकता बस्तीमा चोरी तथा लुटपाट गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी बृत्त महाराजगञ्जले काठमाडाैं बुढानिलकण्ठ ९ एकता बस्तीस्थित सन्तोष रिमालले सञ्चालन गरेको दुप्चेशर मोबाइल टि.भि मर्मत तथा बिक्री केन्द्रमा रातको समयमा सटर फोरेर चोरी गर्ने पाँच जनालाई पक्राउ गरेको हो ।   

पक्राउ पर्नेमा  ताप्लेजुङ फुङलिङदोख घर भई हाल कपन बस्ने २० वर्षीय योगेन्द्र मगर, उदयपुर  रौतामाइ गा.पा ५ घर भइ ललितपुर चोभार बस्ने १६ वर्षीइ योजिस राई, सिन्धुपाल्चोक त्रिपुरासुन्दरि गा.पा घर भइ जिल्ला कपन बस्ने १६ वर्षीय अमृत गुरुङ, रामेछाप चिलाउने घर भइ कपन बस्ने १५ वर्षीय बिशाल तामाङ र काभ्रेपलान्चोक मुमिडाडा गा.पा १ घर भइ हाल कपन बस्ने १५ वर्षीय विश्राम तामाङ रहेका छन् ।   

पक्राउ परेकाहरुको साथबाट चोरिएको १० थान विभिन्न ब्राण्डका मोबाइल, तिनमा प्रयोग भएका सिम ३  थान र डिजिटल घडि बरामद भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका प्रमुख डिएसपी उमेश लम्सालले जानकारी दिए ।   

थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *