ढुङ्गाले हानेर श्रीमतीको हत्या, श्रीमान प्रहरीको नियन्त्रणमा

कात्तिक १४, धरान । धरान–१५ खोरिया बस्तीमा श्रीमानले ढुङगाले हानेर गएराति श्रीमतीको हत्या गरेका छन् । धरान–१५ खोरिया बस्तीका अर्जुन राईले गएराति ८ः०० बजेको समयमा श्रीमती बीना राईलाई खोलाको डिलमा लगेर ढुङगाले हानी हत्या गरेको प्रहरीले जनाएको छ ।   

धरान–५ पानवारी माइती बस्दै आएकी बीना अघिल्लो दिन मात्रै घर आएकी थिइन् । मृतकको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । एकअर्कामा विश्वासको वातावरण नबन्दा हत्याको रूप लिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।  

सूचना पाएपछि घटनालगत्तै प्रहरीले श्रीमतीको हत्या गर्ने श्रीमान् अर्जुनलाई गएराति ११ः३० बजे नै सेउतीखोला पुल नजिकबाट नियन्त्रणमा लिएको प्रनाउ न्यौपानेले जानकारी दिए ।  घटनाबारे अनुसन्धान भइरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *