ला लिगामा रियल मड्रिड मालोर्कासँग पराजित, शीर्ष स्थानमा जाने मौका गुम्यो


कात्तिक ३, काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत जारी फुटबल खेलमा रियल मड्रिड मालोर्कासँग १–० गोल अन्तरले पराजित भएको छ ।
मालोर्काको मैदानमा भएको खेलमा जुनियर लागोले गोल गर्दै मालोर्काले जित हात पारेको हो । लागोले खेलको सातौं मिनेटमा गोल गरेका थिए ।
खेल अवधिभर रियलले मालोर्कालाई निक्कै दबाबमा राखे पनि जित निकाल्न भने सकेन । उसले खेलमा चार पटक गोल गर्नका लागि प्रहार गरे पनि मालोर्काले आफूलाई सुरक्षित बनायो ।
null
खलेको ८४ औं मिनेटमा रियलका डिफेन्डर एड्रिजोलाले रातो कार्ड पाएपछि मैदानबाट बाहिरिनु परेको थियो । डिफेन्डर बाहिरिएसँगै रियल केही कमजोर देखियो । गोल गर्न नसक्दा रियलले शीर्ष स्थानमा पुग्ने मौका गुमाउन पुगेको छ ।
ला लिगाको नवौं चरणको खेल सकिँदा बार्सिलोना १९ अंकसहित शीर्ष स्थानमा छ भने १८ अंक सहित रियल मड्रिड दोस्रो स्थानमा रहको छ । मालोर्का भने १० अंक जोड्दै १४ औं स्थानमा उक्लिएको छ ।
