प्रदेश १ का सभामुखको अढाई करोड बजेट धरानको सडक र ढलमा

कात्तिक ९, धरान । प्रदेश १ का सभामुख प्रदीप कुमार भण्डारीको प्रदेश निर्वाचन क्षेत्र १ (क) अर्न्तगत छुट्टिएको प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास बजेट २ करोड ५० लाख रुपैंया धरानका विभिन्न वडामा सडक र ढल निर्माणका लागि विनियोजन गरिएको छ ।   

बजेट सञ्चालन नियमावली अनुसार गत मंगलबार बसेको व्यवस्थापन समितिले कार्यक्रम छनौट गरी रकम बाँडफाँड गरेको हो । जिल्ला समन्वय समिति सुनसरीको कार्यालयमा सुनसरी १ (क) बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सांसद सभामुख भण्डारीको समितिको बैठक बसेको थियो ।   

बैठकमा प्रस्तुत विकास निर्माणका कार्यक्रम तथा योजनाहरुमा विनियोजन गरिएका बजेट सर्वसम्मतले अनुमोदन गरेको छ । 

प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकासका बजेट अनुसार धरान–८ शहिद रत्न मार्ग कालोपत्रे सडक निर्माण ५० लाख, धरान–१५ निशान त्रिवेणी त्रिशुल मार्ग कालोपत्रे ४० लाख, धरान–१५ परिवर्तन मार्ग सडक निर्माण १५ लाख, धरान–१ विष्णु कोलोनी मार्ग कालोपत्रे १० लाख, धरान–१४ शालिकग्राम मार्ग सडक निर्माण कालोपत्रे २० लाख विनियोजन गरिएको छ ।   

यसैगरी धरान–१३ अमर पथ लुप अनामटोल सडक कालोपत्रे २० लाख, धरान–६ प्रयास मार्ग सडक ड्रेन निर्माण १५ लाख, धरान–५ देउराली पथ ड्रेन निर्माण १५ लाख, धरान–४ डुम्रे शिखरवास सडक स्तरोन्नती १५ लाख, धरान–१४ गणेश चौक दक्षिण खत्रीधारा जाने बाटो निर्माण १० लाख, धरान–१५ भिष्म पथ ड्रेन तथा सडक निर्माण १० लाख, धरान–४ पत्रुङ्गवारी लामा चौरी टोलको ड्रेन निर्माण १० लाख, धरान–५ मुना क्लब भवन निर्माणका लागि २० लाख रुपया विनियोजन भएको छ । 

यसैगरी सभामुख भण्डारीको प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रमका लागि छुट्टिएको ५० लाख रुपैंया बजेट सामाजिक कार्यका लागि सञ्चालित संस्थाका भवन निर्माण र ड्रेन निर्माणका लागि विनियोजन गरिएको छ ।   

मंगलबार नै नियमावली अनुसार बजेट खर्चका लागि योजनाहरु स्विकृत गरेको छ भने बाँडफाड भएको बजेटमा धरान–५ झरना चौक देखि मुजुरे चौक सम्म ड्रेन निर्माण १० लाख, धरान–१४ रेडक्रसबाट उत्तर–पश्चिम जाने ठाडो बाटो निर्माण १० लाख, धरान–५ दर्शन मार्ग ड्रेन तथा सडक निर्माण ५ लाख, धरान–१५ खत्रीधारा मलामी घर ट्रष्ट निर्माण ५ लाख, धरान–७ क्युपेक नेपालको भवन निर्माण ५ लाख, धरान–३ भुजेल सेवा समाज भवन निर्माण ५ लाख, दलित, महिला, बालबालिका, युवा, आदिवासी/जनजाती, अल्पसंख्यक, घाईते अपाङ्ग लगायत लक्षित वर्गलाई शिपमूलक तालिम तथा अभिमूखिकरण कार्यक्रमका लागि पनि १० लाख रुपैंया विनियोजन गरिएको सभामुखका स्वकीय सचिब गिरीराज अधिकारीले बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *